काठमाडौं । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले विगत ६ महिनादेखि उठाउादै आएको ‘जे’ टू ‘जे’ सम्मेलनको नयाा अवधारणालाई आफ्नो भन्नेलाई बौद्धिक दरिद्रताको संज्ञा दिदै जाट–नेपालले प्रेस विज्ञप्ति जारी गरेको छ ।
जाट–नेपालको आकस्मिक बसेको कार्यसमितिको बैठकले आफ्नो खुबी र बौद्धिकता प्रयोग गर्न नसक्ने तर अरुको अवधारणालाई आफ्नो भन्दै हिड्ने र अनगर्ल प्रचार गर्ने नाटोजका अध्यक्षप्रति लक्षित गर्दै बौद्धिक दरिद्रताको संज्ञा दिएको हो । संघका अध्यक्ष देवीप्रसाद पन्त, महासचिव मदन ढुंगाना तथा ‘जे’ टू ‘जे’ सम्मेलन आयोजना उपसमितिका संयोजक शिव श्रेष्ठद्वारा संयुक्त रुपमा जारि गरिएको विज्ञप्तिमा गत कार्तिक ३० गते पर्यटन मन्त्रीलाई ‘जे’ टू ‘जे’ सम्मेलन सम्बन्धमा अवधारण पत्र बुझाइएको र नेपाल पर्यटन बोर्डसहित विभिन्न संघसंस्थाहरुलाई औपचारिक रुपमा जानकारी समेत गराइसकेको अवस्थामा आज आएर हाम्रो अवधारणा भन्नु लज्जास्पद भएको भन्दै यस्तो अनगर्ल प्रचारलाई तत्काल सच्याउादै सार्वजनिक रुपमा माफी माग्न समेत आग्रह गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ – ‘नेपालको पर्यटन प्रबद्र्धनका लागि गर्न लागिएको यस्तो पवित्र कामलाई विवादमा ल्याउन चाहने व्यक्ति न त पर्यटन पत्रकार बन्न सक्दछ न त पत्रकारिताको मर्म नै बुझ्न सक्दछ । अझ कामै नगरि हिस्सा लिन खोज्ने यो प्रवृत्तिलाई जाट–नेपालले दलाली पत्रकारिताको संज्ञा दिएको छ । यो प्रकृतिको दलाली पत्रकारिता, बौद्धिक दरिद्रता र निर्लज्जताको हामी घोर भत्र्सना गर्दछ ।’ विज्ञप्तिमा माननीय पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र नेकपा एमालेका पर्यटन विभाग प्रमुख सूर्य थापालाई समेत विवादमा तान्ने गरि भईरहेको भ्रामक प्रचारबाजीको पनि घोर भत्र्सना गरेको छ । मन्त्री पोखरेल र विभाग प्रमुख थापाले भन्दै नभनेका कुरालाई उनीहरुको नाम कोड गरि दिइएको समाचारको पनि खण्डन गरिएको छ ।
यसैबीच, जाट–नेपालका अध्यक्ष देवीप्रसाद पन्तले राम्रो कामका लागि सबैले अपनत्व लिनु राम्रो भएको तर अवधारणा नै आफ्नो भन्नु चाहिा गलत रहेको बताए । पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाले समेत ‘जे’ टू ‘जे’ सम्मेलन हाम्रो कार्यक्रम भन्ने गरेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष पन्तले बौद्धिक दरिद्रता देखाएर नाटोजका अध्यक्षले मेरै अवधारणा हो भन्नु चाहिा आपत्तिजन रहेको बताए । ‘जे’ टू ‘जे’ सम्मेलन आयोजना उपसमितिका संयोजक शिव श्रेष्ठले ‘जे’ टू ‘जे’ सम्मेलन जाट–नेपालको हो भन्नका लागि आफूहरुसाग दर्जनौं प्रमाण र आधारहरु रहेको भन्दै त्यस्तो झुट प्रचारबाट कोहीपनि बिचलित नहुन आग्रह गरेका छन् । स्मरणीय छ: जाट–नेपालले ‘जे’ टू ‘जे’ सम्मेलन सफल पार्नकै लागि विभिन्न सार्वजनिक कार्यक्रम, व्यवसायीहरुसागको छलफल तथा दर्जन बढी औपचारिक/अनौपचारिक कार्यक्रमहरु गरिसकेको छ ।
(‘जे’ टू ‘जे’ सम्मेलनका लागि जाट–नेपालले गरेका पहलहरुका सप्रमाण दृश्यहरु पठाइएका छ ।)
प्रतिक्रिया