(एजेन्सी) । क्यानडामा निजी विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । क्युबेकको पूर्वी तटमा भएको उक्त विमान दुर्घटना भारी हिमपात र हावा चलेका कारण भएको अधिकारीहरुले जनाएका छन् ।
विमान दुर्घटनामा क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरेसहितका उनका परिवारका सदस्यहरु सवार रहेका थिए । दुर्घटनामा परी पुर्वमन्त्री लापिरेकी पत्नी, दुई भाइ र एक बहिनीको मृत्यु भएको हो ।
लापिरेले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गरेका थिए ।
प्रतिक्रिया