‘भारत माताकी जय’ नभन्दा हात भाँचिदिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७२, बुधबार १३:५१
एजेन्सी
नयाँदिल्ली।’भारत माताकी जय’ नबोल्दा भारतको राजधानी नयाँदिल्लीमा तीन मदरसा छात्रलाई गम्भीर घाइते हुनेगरी कुटपिट गरिएको छ।
ती छात्रहरुलाई केही मानिसले नारा लगाउनकालागि बाध्य बनाएर कुटपिट गरे । यो घटना शनिवारको हो । दिल्लीको बेगमपुर इलाकामा तीन मदरसा छात्रलाई केही मानिसले घेरेपछि ‘भारत माताकी जय’ को नारा लगाउन आदेश दिए ।
पीडितमध्ये १८ वर्षीय छात्र मोहम्मद दिलकशले बताए अनुसार पार्कमा रक्सी पिइरहेका पाँच युवाले उनलाई घेरेका थिए ।त्यसपछि उनीहरुको हात डन्डाले भाँचिदिएका हुन् ।

पीडित युवाहरु ब्रेकको समयमा मदरसाबाट उनीहरु पार्कमा पुगेका थिए । दिलकशका अलावा दुई अन्य छात्र अजमल र नईमलाई पनि कुटपिट गरिएको छ ।

यस मामिलामा पुलिसले मंगलबार राति उजुरी दर्ता गराएको छ ।पुलिसले पीडितहरुको बयान पनि लिएको छ ।

पीडितहरुले पुलिसलाई दिएको बयानमा उनीहरुलाई ‘जय माता दी’ को नारा लगाउन भनियो त्यसपछि भारत माताको जयको नारा लगाउन भनेपछि हात भाँचिने गरी कुटपिट गरियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१