किन गोप्य रूपमा परिवर्तन हुँदैछ स्वास्थ्य मन्त्रालयको संरचना ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७२, बुधबार १२:४०
syasthayaकाठमाडौं । संघीय व्यवस्थामा स्वास्थ्य संरचना कस्तो हुने भन्ने सिफारिस गर्न भइरहेको आधिकारिक अध्ययनलाई बेवास्ता गर्दै स्वास्थ्य मन्त्रालयका केही सीमित र प्रभावशाली व्यक्तिहरूले ‘गोप्य रूपमा’ नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन्।
 
प्राप्त जानकारीअनुसार सामान्यलाई नयाँ संरचनाको प्रस्ताव मन्त्रिपरिषद्मा अनुमोदनका लागि लैजान स्वास्थ्य मन्त्रालयले दबाब दिएको छ। यो घटनापछि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा खैलाबैला मच्चिएको छ।
 
स्रोतका अनुसार स्वास्थ्यसचिव र स्वास्थ्यमन्त्री निकट केही कर्मचारीको मिलोमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने तयारी छ।प्राविधिक जनशक्तिको जिम्मेवारी कटौती गरी प्रशासनतर्फकालाई हाबी गराउने उद्देश्यका साथ नयाँ संरचना तयार पारिएको भन्दै उच्च अधिकारीहरू आक्रोशित भएका छन्।
 
मुलुकका ३८ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जिम्मा बोकेको मन्त्रालयको संरचना हचुवाका भरमा परिवर्तन गर्न लागेको भन्दै उनीहरू आक्रोशित भएका हुन्।
 
संविधानमा मुलुकलाई संघीयतामा लैजाने प्रावधान राखिएपछि स्वास्थ्यको नयाँ संरचना तयार पार्न गठित समितिका संयोजक डा. पदमबहादुर चन्दलाई समेत यो संरचनाबारे जानकारी छैन। अाजको अन्नपूर्ण दैनिकमा समाचार छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१