सरकारले खोलेका ग्रामीण सूचना प्रविधि केन्द्र अलपत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७१, मंगलवार १०:१३

काठमाडौँ, १० असार । सरकारले वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट विभिन्न स्थानमा खोलेका ग्रामीण सूचना प्रविधि केन्द्र अहिले अलपत्र अवस्थामा पुगेका छन् । यस्तै सूचना प्रविधि केन्द्रमध्येको एक हो साँखुमा खोलिएको ग्रामीण सूचना प्रविधि केन्द्र जुन अहिले सधँै बन्द अवस्थामा रहने गरेको केन्द्रका पदाधिकारीहरुले बताएका छन् । विसं २०६१र०६२ मा खुलेको यो सूचना केन्द्र एक वर्ष जति राम्रोसँग चलेको थियो । केन्द्रमा फोन, फ्याक्स र इन्टरनेटको राम्रो सुविधा थियो ।सुरुको ६ महिनासम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रले नै नासुस्तरका कर्मचारीका रुपमा टेलिसेन्टर चलाउन खटाएको थियो । ६ महिनापछि स्थानीय उपभोक्ताले नै टेलिसेन्टर चलाउनुपर्ने सम्झौता सुरुमै भएको थियो । ‘केन्द्रले दिएको पेन्टम मोडेलको कम्प्युटर ६ महिनापछि नै बिग्रन थालेको, नेट नआएर टेलिफोनको बिलमात्र चढ्ने र फोटोकपी मेसिनसमेत बिग्रने गरेकाले ग्रामीण सूचना केन्द्र हामीलाई नै घाँडो भएको छ’,अध्यक्ष गोपाललाल श्रेष्ठले भने । हाल साँखुस्थित उग्रतारा पुस्तकालय भवनमा राखिएको केन्द्रको मासिक भाडा र बिजुलीको पैसासमेत तिर्न नसकिएको पदाधिकारीको भनाइ छ ।“सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पटकपटक उसले दिएको कम्प्युटर लगायतका सामग्री बिग्रियोभन्दा पनि बनाउने प्राविधिक पठाई दिएनन्”(सचिव पवनलाल श्रेष्ठले भने । राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारका प्रशासन सहायक प्रकाश थापाले राजधानीनजिकै नमुना ग्रामीण सूचना प्रविधि केन्द्रका रुपमा साँखुमा कार्यक्रम चलाउन खोजे पनि त्यो सफल हुन नसकेको स्वीकार गरे ।पहिले समुदायमार्फत चलाउन थालिएको ग्रामीण सूचना केन्द्रपछि भने सामुदायिक विद्यालयमार्फत चलाउन थालियो । यो कार्यक्रममा २०० भन्दा बढी विद्यालयलाई कम्प्युटर बाँडिएको केन्द्रका प्रशासकीय अधिकृत दिवकार लुइँटेलले बताए । आर्थिक वर्ष २०६७र०६८ पछि यो कार्यक्रम वातावरण विज्ञान र प्रविधि मन्त्रालयबाट सूचना तथा सञ्चार मन्त्रालयमा सारिएको बताउँदै उनले हाल सञ्चार मन्त्रालय हुलाक सेवा विभागले राज्यभरका सबै इलाका हुलाक कार्यालयलाई ग्रामीण सूचना प्रविधि केन्द्रका रुपमा परिणत गर्ने लक्ष्यका साथ सो कार्यक्रम चलाएको जानकारी दिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ९, २०८१