राज्यसत्ताको नेतृत्व नया पुस्ताले गर्नुपर्छ : मन्त्रि ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ चैत्र २०७२, बुधबार ०८:५४

eknathकाठमाडौं । नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले पुरानो मानसिकताले नयाँ संविधानको कार्योनोयन नहुने बताउनु भएको छ । नयापाटी साकोसको १९ औ बार्षिक उत्सब कार्यक्रममा बोल्दै मन्त्रि ढकालले नेपालमा अब नया विचार र नेतृत्वको खाँचो भयको औलाउनु भयो । उहाले पहिलो पुस्ताले संबिधान दिएकोमा धन्यवाद दिदै अब राज्यसत्ताको नेतृत्व नया पुस्ताले गर्नु पर्ने बताउनु भयो । नेपाल परिवार दलका अध्यक्ष समेत रहेका मन्त्रि ढकालले संबिधान निर्माण पश्चातको पहिलो दशक (२०७२-२०८२) लाइ बिशेष आर्थिक क्रान्तिको दशक घोषणा गरि विकास निर्माणमा आमुल परिबर्तन गर्नु पर्ने धारणा राख्नु भयो । मन्त्रि ढकालले गरिबी निवारणको लागि सहकारी संस्थाहरुले उत्पादनको विकास र रोजगारीको सृजनामा जोड दिन आग्रह गर्दै सामाजिक उत्तरदायित्व बहन गर्न समेत जोड दिनु भयो । मन्त्रि ढकालले संबिधान, कानुन र राज्यले सहकारीलाई उचित स्थान प्रदान गरेको बताउदै अबका दिनहरुमा सहकारीको क्षेत्रलाई मर्यादित बनाएर लैजाने जिम्मा सहकारी कर्मीले बहन गर्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१