यस्तो छ नेपाली कलाकारहरुको कपडा कहानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७२, मंगलवार १०:१०

चर्चित कलाकारहरुले लगाउने पहिरनबाट पनि ती कलाकारहरुको पहिचान झल्किन्छ । यति मात्र होइन, उनीहरुले लगाउने पहिरनले नेपालीपनको मौलिकता पनि झल्काएको हुन्छ । चर्चित कलाकारहरुले सुटिङ र स्टेज कार्यक्रमहरुमा लगाउने पहिरन कहानी अली भिन्न छ । केहि चर्चित कलाकारहरुले लगाउने पहिरनको सेरोफेरोमा रहेर विजनेश संसार डटकमले गरेको कुराकानी यहाँ प्रस्तुत छ :

 

सिताराम कट्टेल (घुर्मुस)   dhurmus   

मेरी बास्सैका चर्चित हास्य कलाकार धुर्मुस अर्थात सिताराम कट्टेलले लगाउने पहिरनले उनको पहिचान मात्र होइन नेपाली पहिरनको मौलिकता समेत झल्काएको छ । खासगरी उनी हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा च्यातिएको इस्टकोट, फाट्न लागेको हाफ कट्टु र खैरो कमिजमा देखिन्छन् । उनले लगाउने गरेको हाफ कट्टु २ बर्ष पुरानो हो । त्यस्तै टेलिशृङखलामा उनले नियमित रुपमा लगाउने गरेको ढाका टोपी ४ वर्ष पुरानो भइसकेको छ । यतिमात्र होइन, उनीसंँग पहिरन सम्वाद गर्दा उनले आफ्नो पहिरनको कहानी यसरी सुनाए, ‘मैले मेरी बास्सै तथा सटेज कार्यक्रमहरुमा लगाउने गरेको कट्टु तुन्दा तुन्दा प्वाल नै देखिने भयो, त्यसपछि उस्तै कट्टु किन्नका लागि मास्क लगाएर न्यूरोडमा किन्न गए ।’ उनले लगाउने कट्टुको नाम धुर्मुस कट्टु हो । त्यस्तै खड्काजी र मुस्कान पासाको भूमिकामा खेल्दा लगाउने १÷१ सेट ड्रेस रहेको उनले बताए ।

सुरज चापागाई (बान्द्रे)                                                                                                                                              ‘मेरी chapagianबास्सै’कै अर्का चर्चित अनुहार तथा चिनिएका पात्र हुन् बान्द्रे । उनले पनि आफ्नो भूमिका अनुसारको पहिरन प्रयोग गर्दै आएका छन् । ७ वर्ष अघिदेखि लगाउँदै आएको हाफ कट्टु उनले ३ सय हालेर किनेको हुन । त्यस्तै ७ वर्ष अघिदेखि ४ सय रुपैया हालेर किनेको टिर्सट अझै ४÷५ बर्ष चल्ने उनले बताए ।

कुमार कट्टेल (जिग्री)                                                                                                                                               kumar kattel‘भद्रगोल’ टेलीशृङ्खलाबाट चर्चामा आएका अर्का पात्र कुमार कट्टेल (जिग्री) लाई नचिन्ने सायद कमै होलान । छोटो समयमै चर्चामा आएका उनीे पहिरनमा पनि निकै फरक छन् । उनले लगाएको रातो टाई ३ वर्ष पुरानो भयो । त्यस्तै ‘भद्रगोल’ टेली सिरियलमा नियमित रुपमा लगाउने गरेको हुक च्यातिएर प्वाल परेपछि गएको दशैमा १५ सय रुपैया हालेर किनेको सुनाए । उनले लगाउने गरेको पाइन्ट र भित्री टिर्सट पनि २ बर्ष पूरानो हो भने ३ बर्ष पुरानो जुत्ता पनि फाटेका कारणले नयाँ किनेको उनले बताए ।

कुञ्जना घिमिरे (सुन्तली) 
Meri-Bassai suntaliमेरी बास्सै’बाटै चिरपरिचित भएकी अर्की पात्र हुन् सुन्तली । सानैदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी उनी आमाले दिएको धोति र पटुकी लगाउने गरेकी छिन् । त्यस्तै उनले फतौरी बुढीको भूमिकामा लगाउँदा किनेको चोलो, हरियो पोते, हातमा लगाउने बाला, कपाल बाट्ने डोरी ५ बर्ष पुरानो भइसकेको छ भने, सुन्तलीको भूमिकामा लगाउने गरेको धोति, पटुकी र चोलो १० बर्ष पुरानो छ ।

अर्जुन घिमिरे (पाँडे) 
padeeहास्य टेलिशृङखला ‘भद्रगोल’मा दर्शकलाई धेरै हसाउँने र भडुवाको भूमिका निभाउने अर्का चर्चित पात्र हुन् अर्जुन घिमिरे । उनले लगाएको कपडा पुरानो र ग्रामीण भेगमा तथा बुढापाकाले लगाउने खालका छन् । उनले लगाएको इस्टकोट र दौरा सूरुवाल ५ बर्ष पुरानो भयो । उनले प्रयोग गर्ने इस्टकोट शुटिङको क्रममा कसैले गिफ्ट दिएका हुन । त्यस्तै इस्टकोट र घाँटीमा बेर्ने गलबन्दी पनि ४ बर्ष पुरानो भइसकेको छ । सुरुमा लगाएको पहिरनमा दर्शएकले सजिलै चिन्ने हुँदा उनले पूराना कपडाहरु जतनकासाथ स्टेज कार्यक्रम र सुटिङको क्रममा लगाउने गरेको बताए । उनले लगाउने पुरानो ढाँचाको टोपी पनि १० बर्ष पुरानो हो ।

मरिचमान श्रेष्ठ (बल्छी ध्रुर्वे) 
balchiछोटो समयमै ‘मेरी बास्सै’ टेलिसिरियल मार्फत चर्चामा आएका मरिचमान श्रेष्ठ अर्थात् बल्छी ध्रुर्बे) को पनि पहिरनको कहानी गजबै छ । उनलाई दर्शकहरुले हाफ कट्टु, खैरो सर्ट र इस्टकोटले सजिएको पहिरनमा चिन्छन् । उनले लगाएको हाफ कट्टु ५ बर्ष पुरानो भएको उनी बताउँछन् । त्यस्तै टोपी र इस्टकोट पनि ६ बर्ष पुरानो भइसकेको छ । फरक पहिरनमा दर्शकले नरुचाउने हुँदा उनले पुरानो कपडा भएपनि एकदमै जतनकासाथ प्रंयोग गर्छन् ।

विल्सन विक्रम राई (तक्मे बुढो) 
raiउमेरले भर्खर २३ काटेका विल्सन विक्रम राई छोटो समयमा परिचित भए । उनी तक्मे बुढाको नामले दर्शकहरुका माझमा परिचित छन् । उनले आफूले लगाउने पहिरनले नै तक्मे बुढा भनेर चिनाएको बताउँछन् । ३ बर्ष पुरानो दौरा सुरुवाल मामाको छोराले गिफ्ट दिएका रहेछन् उनलाई ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१