सौतेनी आमाको रिसले घरमा आगो झोसेपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७२, मंगलवार ०९:४४

Close-up of fire and flames on a black background (Huge file)

एजेन्सी । अमेरिकाको न्यू मेक्सिको राज्यस्थित सबैभन्दा ठूलो सहर रोस्वेल निवासी १४ वर्षीया किशोरीले सौतेनी आमासँग झगडा भएपछि आफ्नै घरमा आगो लगाएकी छन् ।

आगो झोसेको आरोपमा कम उमेरका कारण किशोरीलाई प्रहरीले जेल हाल्न नपाउने नियमका कारण स्थानीय चेभ्स काउन्टी जुभेनाइल डिटेन्सन सेन्टरमा पाइएको समाचारमा जनाइएको छ । गएको बुधबार राति २ बजे आफ्नी सौतेनी आमासगँ झगडा गरेपछि आफ्नै घरमा आगो झोसेकी हुन् ।

ह्वाह्वारी आगो सल्किएपछि आफ्ना दुई छोराको साथ महिना घरबाहिर निस्केकी थिइन् । घटनामा कोही घाइते नभएको प्रहरीले जनाएको छ । सुत्न जानुअघि सौतेनी आमा र छोराबीच नियमित स्कुल छुटाएको विषयमा झगडा परेको थियो । स्थानीय वारणयन्त्रलाई घरको आगो नियन्त्रणमा लिन आधा घन्टाभन्दा बढी समय लागेको थियो । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१