मर्यादित परिक्षा बनाउन केन्द्राध्यक्षलाई निर्देशन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७२, मंगलवार ०९:३१

slcगोविन्द बिश्वकर्मा/ सुर्खेत । जिल्ला शिक्षा कार्यालय सुर्खेतले मर्यादित वातावरणमा एसएलसी परिक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । वीरेन्द्रनगरमा सोमबार कार्यालयले एक कार्यक्रमको आयोजना गरेर यही चैत्र १८ गतेबाट हुन लागेको एसएलसी परिक्षालाई मर्यादित बनाउन यस्तो निर्देशन दिएको हो । एसएलसी परिक्षामा हुन कुनैपनि अमर्यादित घटना रोक्न केन्द्राध्यक्षको भूमिका अहम रहने भएकाले स्थानीयसंग समन्वय गरेर परिक्षा सञ्चालन गर्न शिक्षा अधिकारीले निर्देशन दिएका छन् । परिक्षालाई स्वच्छ, मर्यादित शान्तिपूर्ण रुपमा व्यवस्थित बनाउन अधिकारी हमालले आग्रह पनि गरेका छन् । परिक्षालाई चिटमुक्त बनाउन सवैको साथ आवश्यक भएकाले केन्द्राध्यक्षले पनि परिक्षा अवधिमा त्यस्ता कार्यलाई रोक्न निर्देशन दिएको कार्यालय स्रोतले जानकारी दिएको छ । साथै जिल्ला शिक्षा अधिकारी दीपा हमालले यस वर्षको परिक्षामा पनि सहभागि हुने विद्यार्थीहरुलाई मुस्कानसहित स्वागत गर्न र परिक्षा समयमा महिनावरी हुने छात्राहरुलाइ समस्या हुन सक्ने भन्दै त्यसमा ध्यान दिन केन्द्राध्यक्षलाई सहजिकरण गरिएको छ । एसएलसी परिक्षा समन्वय समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रत्यक केन्द्रमा १५ जना सुरक्षाकर्मी खटाउने जानकारी दिएको सहायक जिल्ला शिक्षा अधिकारी धुव्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिक्षामा जनपद र सशस्त्र प्रहरी परिचालन हुनेछन् । तर थप प्रहरी आवश्यक भएमा प्रहरी कार्यालय तयारी अवस्थामा राख्ने प्रतिवद्धता जनाएको छ । परीक्षाको तयारी पूरा भैसकेको जिल्ला शिक्षा कार्यालयको भनाई छ । जिल्लामा यस बर्ष ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । गत बर्षको भन्दा एउटा परीक्षा केन्द्र यस पटक थप गरिएको हो । सबै परीक्षा केन्द्रहरुको भौतिक पूर्वाधारको अनुगमनको काम सकिएको जिल्ला शिक्षा अधिकारी एवं परीक्षा सञ्चालन समितिका सदस्य सचिव दिपा हमालले बताए । उनका अनुसार सम्बन्धित परीक्षा केन्द्रहरुमा उत्तर पुस्तिका र प्रश्न पत्र पठाउने काम भैरहेको छ । सुर्खेतमा यस बर्ष नियमित तर्फ ६ हजार ९९६ र एक्जाम्टेतर्फ ४ हजार ३२ जना गरेर ११ हजार २८ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् । भर्ना भएका मध्य ७५ प्रतिशत हाजिरी पुगेकाले मात्र परीक्षामा सहभागी हुन पाउने कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१