करिव एक महिना भित्रमा विमानस्थलको काम सकिन्छ : मन्त्री आनन्द पोख्रेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ चैत्र २०७२, मंगलवार ०७:५९

मन्त्रि आनन्द पोख्रेल राष्ट्रिय खबरको लागि रमेश संग्रौलाले तयार पारेको रिपोर्ट सहित फोटो

कुनै पनि भैतिक संरचनाको पुनर्निर्माण,सुधार र मर्मत कार्य गर्दा पुरानो संरचनालाई भ्त्काईनु स्वाभाविक हो र देशकै एक मात्र अन्तराष्ट्रिय बिमान स्थलमा यहि प्रकिर्या चलिरहेको थियो तर पत्रकारिता जस्तो जिम्मेवार पेशा अंगालेका केहि व्यक्तिले तत्कालिन यथार्थलाइ नबुझी पर्खालका पुराना टायल भात्काउदाको अवस्थाको तस्विर सहितको असत्य समाचार सम्प्रेषित भए पछि त्यसले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि आनन्द पोख्रेलको ध्यानाकर्षण भयो र मन्त्रि पोख्रेल यथार्थ बुझ्नका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भ्रमणमा निस्किए तर सत्य अर्कै भएको निष्कर्ष सहित त्यस खालका समाचारको खण्डन भयो । १०संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रि आनन्द पोख्रेलले यस सम्बन्धमा भने “सुधार निरन्तर प्रक्रिया हो र अहिले विमानस्थलको सुधारको सन्दर्भमा जुन प्रशनहरु उठ्ने गरेका छन् सम्बन्धित मन्त्रालयको प्रमुख भएको नाताले यसको सुधार मेरो आफ्नो प्रार्थमिकता ,अवसर र चुनौती आदिको रुपमा लिएको छु” । उनले अगाडि भने “ मैले मन्त्रालय सम्हाले यता एरपोर्ट सुधारको कार्यका प्रक्रियाहरुलाई अगाडि बढाइएको छु  ।1 सुधार गर्ने क्रममा अहिले दुइवटा थप लगेज कन्भेयरको निर्माण कार्य भैरहेको छ  । करिव एक महिना भित्रमा त्यो कार्य सम्पन्न हुने छ र त्यस पछि छ वटै प्लेन आए पनि एक दुइ घण्टामा नै सबै प्यासेन्जर हरुलाइ आफ्नो लगेज लिएर बाहिर निस्कन सक्ने वातावरण तयार गर्ने गरी हामी लागेका छौं र सरसफाइको सन्दर्भमा हामी आन्तरिक र बाहिरि सरसफाई दुइ वटैलाइ लिएका छौं l र सौचालयको ब्यबस्थापन र केहि मर्मत सुधारको काम पनि अगाडि बढिरहेको छ  ।” हामीसंगको कुराकानीमा मन्त्रि पोख्रेलले समग्रतामा एरपोर्टको बिउटीफिकेसन मेरो नारा हो र यो काम आगामी ३ महिना भित्रमा सम्पन्न हुने बताए । 6यति बेर यो एयरपोर्ट प्रति चासो लिने र यसलाई सुधारको लागि प्रेरित गर्ने र टिका टिप्पणी गरेर मलाई सजग गराउने सबै सरोकारवाला हरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु र एयरपोर्टको सुधार प्रक्रियालाई अगाडि बढाउंदै लैजाने प्रतिबध्दता ब्यक्त गर्दै आगामी दिनमा सबैको सहयोग निरन्तर रहने आशा पनि गर्द छु उनले थपे  । सबै सरोकारवाला, पत्रकार साथीहरुलाई हप्तामा एक पटक एयरपोर्ट गएर अनुगमन गरेर आफ्नो प्रतिवेदन सार्वजनिक गरेर यस मन्त्रालायलाई सहयोग गरिदिनुहुन पनि मन्त्रिले अनुरोध गरे  ।3
उता एरपोर्टका मह प्रबन्धक देवानन्द उपाध्यायलाई यस सम्बन्धमा हामीले राखेको चासो प्रति प्रतिक्रिया दिंदै भने “मान्य मन्त्रि ज्युले पद बहाली गरे पछि एयरपोर्टको भमण गर्नु भयो र त्यस भन्दा अगाडि संस्कृति पर्यटन तथा नागरिक उद्यायन मन्त्रालयले एयरपोर्टमा के के सुधार गर्नु पर्छ भनेर अध्ययन गर्न एउटा कमिटि बनाएको थियो त्यहि कमिटीले तयार पारेको रिपोर्टको आधारमा र म आफैले पनि यस संस्थामा २५ औं बर्ष सम्म बिताएको व्यक्ति भएको हुनाले यहाँको अनुभव र जीएम पदमा पद बहाली गरे यता यहाँका समस्याहरुको पहिचान गरी एयरपोर्टको सम्पूर्ण पक्षको सुधार कार्यलाई अगाडि बढाएँ र मान्य मन्त्रि ज्यु बाट प्रेरणा पाएर पनि सुधारका कार्यहरुलाई अगाडि बढाएँ ।  , 8केहि समय पश्चात मान्य मन्त्रि ज्यु कै नेतृत्वमा पत्रकारहरुको टोलि सहित स्थलगत भमण गरेका थियौं र त्यसबेला त्यो भमण टोलीले एयरपोर्टको सबै पक्षको सुधार कार्य भैरहेको निष्कर्षसहित मिडिया हरुमा सूचना सम्प्रेषण भएको थियो र त्यो सत्य पनि हो र हालसम्ममा त्यसमा अझ सुधारको कार्य धेरै संम्पन्न भएको छ तर भर्खरै मात्र केहि मेडियाले मर्मत सुधार भईरहेको अवस्थामा वाल र टायल फूटाएको तस्विर मात्र छापेर जनमानसमा भ्रम फैलाउने हेतुले समाचार आएको प्रति दुख लागेको छ l 4यस्तो समाचार आए पछि मान्य मन्त्रि ज्यु र बोर्ड का सदस्य निमा लामा ज्युले एयर पोर्टको पुनः भ्रमण गर्नु भएको थियो तर यतार्थ अर्कै पाए पछि त्यस खालका समाचार प्रति मन्त्रि ज्यु र लामा ज्यु लगायतले पनि खेद प्रकट गरिसक्नु भएको छ l” एयरपोर्टमा बिगत केहि महिना यता भएका सुधारका कार्यहरुको प्रसंशा पनि गर्नु पर्ने हो भन्दै उपाध्यायले केहि नकारात्मक पक्ष रहेछन भने रचनात्मक सुझाव दिन पनि सबैमा निवेदन गर्दै एउटा राष्ट्र सेवकको नाताले आफुले पाएको जिम्मेवारी पुरा गर्न आफु लागेको र दिनानुदिन केहि न केहि सुधारका काममा लागिरहने बताए  ।9
के के छन् त विमानस्थलमा हाल भैरहेका र भैसकेका सुधारका कार्यहरु : 

5
१ )त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका सन्दर्भमा यात्रुहरुको सेवा सुविधा वृद्धिको लागि स्टेराईल हलमा अत्याधुनिक डेकोरेटिभ टाईप PU फोर सिटर कुर्सि र यात्रु आगमन अध्यागमन क्षेत्रमा स्तरिय कार्पेटको व्यवस्थाको साथै स्टेराईल हलको उचित मर्मत सम्भार समेत गरी विमंस्थाल्को विभिन्न स्थानमा तातो चिसो पानीको साथै निशुल्क वाइफाई सेवाको समेत व्यवस्था गरिएको विमानस्थलका महाप्रबन्धक उपाध्यायले जानकारी दिए  ।
२ ) विमानस्थलमा नियमित, सुरक्षित र भरपर्दो हवाई उडान सेवा संचालनको लागि ट्याक्सी वे लाइट र रनवे गार्ड लाईट को व्यवस्था , फ्लाईट अपरेशन मा ई- स्ट्रिप सिस्टम प्रयोगमा ल्याउनुको साथै र्यादर अपग्रेडिङ गर्ने क्रममा र्याडर स्लिपको ब्यबस्था समेत भैसकेको छ ।  ३ ) यात्रु सेवा सुविधामा थप वृद्धिका लागि विमानस्थलको भन्सार आगमन क्षेत्रमा पहिलो पटक दुई थान ब्यागेज लिफ्ट सिस्टमको व्यवस्था गरी संचालनमा ल्याईएको साथै यात्रु प्रस्थान र आगमन क्षेत्रमा दुई दुई थान इस्क्यालेटरको थप व्यवस्था गरी हाल जडान गर्ने कार्य भईरहेको छ  ।2
४ ) विगत लामो समय देखि ठेक्का व्यवस्था हुन् नसकेकोमा हाल ठेक्का व्यवस्था भई कस्टम अरईभल क्षेत्रमा थप दुई थान ब्यागेज ह्यान्डललिङ् सिस्टमको साथै सेन्ट्रल एअर कन्डिसन सिस्टम खरिद तथा जडान गर्नका लागि खरिद कार्यवाही सम्पन्न भई सम्झौता गर्ने क्रममा रहेको जस वटा ब्यागेज ह्यान्डलिङ् सम्बन्धि भए गरेका जनगुनासाहरु स्वतः कम हुने साथै यात्रु हरुलाई छिटो छरितो सेवा र सुविधा उपलब्ध हुने जनाइएको छ  ।
५ ) विमानस्थलमा थप सेवा सुविधा वृद्धि गर्ने हेतुले एडभान्स प्यासेन्जर इन्फर्मेशन सिस्टम (APIS) लागु गर्ने क्रमममा रहेको छ  ।
६ ) बढ्दो एयर ट्राफिक कन्ट्रोललाई मध्यनजर राखी बे को आवस्यक मर्मत सम्भारको साथै बे न. १को दक्षिण तर्फ थप दुई बे निर्माणको लागि कार्य अगाडि बढाइएको छ  ।
७ ) हालको साँघुरो पन लाइ कम गर्न अन्तराष्ट्रिय टर्मिनल भवनलाई भर्टिकल र होरिजेन्टल एक्सटेन्सन गर्ने कार्य अघि बढाइएको छ  ।
८ ) विमानस्थललाई सौन्दर्यिकरण गर्ने क्रममा एयरलाईन चेकिंग एरिया, अध्यागमन प्रस्थान एरिया र VIP आगमन प्रस्थान वे मा डेकोरेसन कार्य अन्तर्गत कार्पेटिंङ, प्लानटिंङ र लाइटेनिंङ र तस्विर सजावट आदि कार्यको समेत व्यवस्था गरिएको र एअरकन्डिसन समेत ब्यबस्था भएको छ  ।
९ ) विमानस्थल वरिपरिको क्षेत्र- चौर , फूल बगैंचाको उचित स्याहार सुसार एवं ब्यबस्थापनको साथै सरसफाई कार्यमा समेत स्तरोन्नति गरिएको छ  ।
१० ) सन् २०१७ डिसेम्बर सम्मको लागि नयाँ विमानस्थल निधेधित क्षेत्र पास निर्माण तथा वितरण कार्य र सो को नेटवर्किंङ सम्बन्धि कार्य समेत भैरहेको छ  । र
११ ) ITB अन्तर्गतका सौचालयको रिनोभेसन कार्य भईरहेको र यात्रुहरुलाई उपलब्ध सौचालय सुविधामा स्तरोन्नति गरी प्याकेज प्याकेजमा उक्त कार्य भैरहेको र हाल ७० प्रतिशत कार्य समपन्न भैसकेको उक्त कार्य अमेरिकन मापदण्ड अनुरुपको बनाइएको छ  ।7

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१