प्याब्सन आन्दोलनको तयारी गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार १९:४४

PABSONकाठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पूर्वाञ्चल क्षेत्रिय समितिले एसएलसी परीक्षार्थीको विषयगत लेटर ग्रेडिङ प्रणाली सच्चाउन माग गरेको छ ।

प्याब्सन पूर्वाञ्चल क्षेत्रिय अध्यक्ष गोविन्द लम्सालले सोमबार विज्ञप्ति निकालेर एसएलसी परीक्षा सुरु हुनुभन्दा १२ दिन अगाडि त्यसलाई सच्याउँदै विषयगत आधारमा मात्रै लेटर ग्रेडिङ गर्ने निर्णय गरेको भन्दै प्याब्सन पूर्वाञ्चल क्षेत्रीय समितिले आपत्ती जनाएको उल्लेख गरेका छन् ।
यसअघि एसएलसी परीक्षार्थीको समग्र प्राप्तांकलाई लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा सार्बजनिक गर्ने निर्णय सरकारले गरेको थियो । ‘परिवर्तित प्रणालीबाट विषयगत ग्रेड मात्र प्रकाशन हुने समग्र मूल्याङकन नै नगरिने पद्धती, जस्को प्रयोग जानकारी भएसम्म विश्वमा पहिलो पटक नेपालमा गरिएको छ,

यसले १२ दिन पछाडि परिक्षा लेख्न तयारी गरिरहेका विद्यार्थीहरुको मनोविज्ञानमा कस्तो पर्ला ?’ लम्सालल भनेका छन, ‘शिक्षाको गुणस्तर, विद्यालय र शिक्षकको कार्यशैलीमा कति नकारात्मक प्रभाव पार्छ भन्ने विषयमा समेत कुनै अध्ययन नगरी एकाएक लागु गर्न खोजिनु इतिहासमा नै एक धब्बा लाग्नसक्ने विषयलाई महसुस गरी तत्काल सच्याउन सरोकारवालाहरुलाई अनुरोध गर्दछ ।’

विद्यालय शुल्क निर्धारण मापदण्ड निर्दे्शिका माथि असहमति सहित १३ बुँदे ज्ञापन पत्र मार्फत जानकारी गराउँदा गराउँदै एकपक्षिय ढंगबाट निजी क्षेत्रबाट संचालित विद्यालयहरुको शुल्क निर्धारण गर्ने एवम् अन्य विद्यालयको लागि आवश्यक मापदण्ड शिक्षा नियमावलीमा उल्लेख प्रावधानभन्दा फरक ढंगले निर्दे्शिका मार्फत लागुगर्ने निर्णयको पनि बिरोध गरिएको छ । खबरडबली बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१