‘जे’ टू ‘जे’ सम्मेलन प्रभावकारी : मन्त्री पोखरेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार १८:५६

J to j 1

काठमाडौं । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले ‘जे’ टू ‘जे’ सम्मेलन बैशाख ११ गतेबाट सुरु गर्न सुझाब दिनु भएको छ ।
पर्यटन पत्रकार संघ (जाट–नेपाल) सँगको विशेष भेटमा मन्त्री पोखरेलले जाट–नेपालले अघि सारेको अन्तर्राष्ट्रिय पर्यटन प्रबद्र्धनको नयाँ अवधारणाको कार्यक्रम ‘जे’ टू ‘जे’ बैखाको दोस्रो साता अर्थात ११ गतेदेखि सुरु गर्न सुझाब दिएका छन् । नेपाल सरकारले विनासकारी भूकम्पको सम्झनामा बैशाख १२ गते विविध कार्यक्रमको आयोजना गर्न लागिएको र सो अवसरमा विदेशी पत्रकार र पर्यटकहरुको समेत उपस्थिति हुने हुँदा सोही सन्दर्भमा गर्न उपयुक्त हुने सुझाब दिए । उनले ११ गते एक दिने सम्मेलनको आयोजना गर्ने र १२ गते सरकारसँग कै साझेदारीमा घोषणा–पत्र जारी गर्ने गरि तयारी गर्न सुझाब दिएका छन् । पाँच दिने ‘जे’ टू ‘जे’ सम्मेलनको आयोजना गर्ने गरि तयारी थालेको जाट–नेपालले दुई रात तीन दिन भने लुम्विनी भ्रमणका लागि योजना बनाएको ‘जे’ टू ‘जे’ सम्मेलन आयोजना उपसमितिका संयोजक तथा जाट–नेपालका प्रथम उपाध्यक्ष शिव श्रेष्ठले बताए । उनले काठमाडौंको फाइभ स्टार होटलमा एक दिने सम्मेलन, एक दिन ‘जे’ टू ‘जे’ घोषणा पत्र जारि गर्ने र तीन दिन लुम्विनीको वस्तुस्थिति बुझ्न भ्रमण कार्यक्रमको आयोजना गर्ने गरि तयारी थालेको बताए ।

J to j (2)
एक अर्को प्रसंगमा मन्त्री पोखरेलले जेठ ६, ७ र ८ गते हुन गइरहेको २५६० औं बुद्ध जयन्तिलाई समेत ‘जे’ टू ‘जे’ सम्मेलनले सकारात्मक सन्देश दिने र यी दुई एक अर्काको परिपुरक कार्यक्रम बन्ने बताए । मन्त्रीसँगको विशेष भेटघाट कार्यक्रममा जाट–नेपालका अध्यक्ष देवी पन्तले विनासकारी भूकम्प र नाकाबन्दी पछिको वास्तविक सन्देश अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा दिन ‘जे’ टू ‘जे’ सम्मेलन प्रभावकारी हुने बताए । उनले ‘जे’ टू ‘जे’ सम्मेलनका सम्बन्धमा सबै निजी व्यवसायीहरु सकारात्मक रहेको भन्दै यसको लागि व्यवसायीक छाता संगठनहरुले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको बताए ।

J to j

यसैबीच, पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईलाई समेत ‘जे’ टू ‘जे’ सम्मेलनका बारेमा अवगत गराइयो । जाट–नेपालका एक प्रतिनिधि मण्डल समक्ष आफ्नो भनाइ राख्दै सचिव राईले राम्रो कामका लागि मन्त्रालय र नेपाल पर्यटन बोर्ड कहिलै बाधक नहुने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१