जवरजस्ती करणी गर्नेलाई २० वर्ष ६ महिना कैद

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार १६:२४

baltakarikiadसुर्खेत । सुर्खेत जिल्ला अदालतले आईतबार अभियुक्तको फैसला गरेको छ ।
सुर्खेत जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश कैलाशप्रसाद सुवेदीको एकल इजलासले सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ हर्रेका २९ वर्षका वीरबहादुर टमटा (सुनार) लाई २० वर्ष ६ महिना कैद र एक लाख रुपैया जरिवाना हुने गरी फैसला गरिएको हो । ७ बर्षकी बालिका नामथर परिवर्तित ६४ छिन्चु (क) र ६ वर्षकी ६४ छिन्चु (ख) लाई सुनारले २०७२ साउन १ गते रक्सी खाई जवरजस्ती करणी गरेको भनी साउन १२ गते परिवर्तित नामथर रिमा खड्काले प्रहरीमा जाहेरी दिएकी थिईन । सुनारलाई प्रहरीले २०७२ साउन २४ गते पक्राउ गरी अभियोगका साथ २०७२ भदौ २ गते अदालतमा पेश गरेको र सुर्खेत जिल्ला अदालतले पुर्पक्षको लागि सोही दिन नै थुनामा राख्न पठाएको थियो । फैसलानुसार पिडित छिन्चु (क) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष कैद र पचास हजार रुपैया क्षतिपुर्ति एवं पिडित छिन्चु (ख) लाई जबरजस्ति करणी गरे बापत १० वर्ष ६ महिना कैद र पचास हजार रुपैया क्षतिपुर्ति हुने ठहरी फैसला भएको भनी सुर्खेत जिल्ला अदालतका स्रेस्तेदार श्री वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१