सामाजिक सन्जालमा यस्ता काम नगर्नुस ५ बर्ष जेल हुनेछ : एसएसपी सर्बेन्द्र खनाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार १५:१३

काठमाडौँ । कलेज लेभलका बिद्यार्थीहरु बढी मात्रामा सामाजिक सञ्जालमा अभ्यस्त रहने हुदा उनीहरु कही कतैबाट साइवर अपराधभित्र तानिने र फस्ने अवस्था बढ्दो छ । त्यसैले बेलैमा सावधानी अपनाउन बिद्यार्थीहरले जरुरी छ । त्यसका लागि बिद्यालय, अभिभावक संघ संस्था र सरोकारवाला निकायहरुले साइवर अपराध बारेको जानकारीलाई समुदाय, स्कुल कलेजबाट व्यापक रुपमा अभियानको रुपमा अगाडी लैजान अत्यावश्यक भइसकेको छ । कारणवश साइवर अपराध परे ५ वर्ष सम्म जेल सजाय र जरीवाना समेत हुनेछ । पछि हतकडी लगाएर चिसो सिंढीमा पर्नुभन्दा बेलैमा साइवर अपराधबाट बच्ने उपाय आजै अवलम्वन गरौं । साइवर अपराधमुक्त समाज बनाउन आफैबाट सामाजिक सञ्जालको प्रयोगलाई सूचनामुलक बनाऔं ।

कम्प्युटरको ज्ञान त्यतिबेला महत्वपूर्ण मानिन्छ जब त्यसको प्रयोगले कुनै पनि काम र कार्यक्रम सूचनामुलक र उपलब्धि हुन्छ तर त्यसको प्रयोग कुनै पनि अपराधजन्य काममा लागि प्रयोग गरिन्छ त्यसको नतिजा अन्तमा घातक सिद्ध हुन्छ । विज्ञान प्रविधिको आविष्कारले प्रविधिको माध्यम बनेको इमेल इन्टरनेट, अनलाइन ब्लग, अनलाइन मिडिया र सामाजिक सञ्जाल अहिलेको मानिसको अभिन्न अंगभित्रको सहज जीवनशैली बन्दै गइरहेको छ ।ict aware तथापी सूचना प्रविधिको यिनै माध्यमलाई अपराध गर्नेहरुले आफ्नो प्रयोग अनुकुल बनाउदै लगेकाप्रति हामी सचेत हुने बेला आएको छ । अपराध गर्नेहरुले सामाजिक सञ्जाल फेसबुक ट्वीटर लगायतका सोसल मिडियालाई बढी प्रयोग गर्दै आएका छन् । प्रविधि हाम्रा लागि जति महत्वपूर्ण छ त्यति नै त्यसको प्रयोगमा सावधानी नअपनाउदा घातक बन्दै गएका उदाहरणहरु सार्वजनिक भइरहेका छन् । सामाजिक सञ्जाल के का लागि प्रयोग गर्ने किन प्रयोग गर्ने कस्ता सूचना, जानकारी र फोटोहरु पेष्ट गर्ने, कस्ता व्यक्तिलाई साथी बनाउने भन्ने बारेको ज्ञान सामाजिक सञ्जाल प्रयोगकर्तामा हुनु आवश्यक छ । सामाजिक सञ्जालबाट अपराधका घटनाहरु १६ देखि २५ वर्षभित्रका व्यक्तिहरुले बढी मात्रामा भइरहेका छन् । कतिपयले सामाजिक सञ्जाल प्रयोगमा सावधानी नअपनाउदा भएको छ भने कतिपयले अपराधिक मानसिकताले गरिरहेका छन् । सामाजिक सञ्जालमा नक्कली आइडी बनाएर अपराध गर्नेहरु पनि त्यत्तिकै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१