अफगानिस्तानको संसद भवनमा रकेट आक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार १३:१२

काठमाडौ, १५ चैत । अफगानिस्तानको संसद भवनमा रकेट हमला भएको छ । आज बिहान संसद भवनमा कम्तीमा चारवटा रकेट आक्रमण भएको बताईएको छ ।afghanistan
समाचारमा जनाईए अनुसार चार मध्ये तीन रकेट संसद परिसरमा र एउटा रकेट संसद भवनमै खसेको थियो ।
अफगानिस्तानको नयाँ संसद भवन भारत सरकारको सहयोगमा बनाइएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष संसद भवन हस्तान्तरण गरेका थिए ।
अफगान संसदमा भएको आतंकवादी हमला यो पहिलो पटक भने होइन । सन् २०१५, जुन महिनामा पनि तालिवानले संसद भवनलाई निशाना बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१