किन हुन्छ विमानमा बम राखेको हल्ला ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार ०८:०३

काठमाडौं १५ चैत ।  भारतको नयाँदिल्लीबाट १ सय ६२ यात्रु लिएर काठमाडौं आइरहेको जेट एयरवेजको जहाजलाई आइतबार त्रिभुवन विमानस्थल टावरले सोध्यो – तिम्रो जहाजमा बम ब्रेटको खबर आएको छ । उतै फर्किन्छौं कि यतै आउने ? ’ जेटका क्याप्टेनले जहाजलाई काठमाडौं अवतरण गराउनै सजिलो हुने बताएपछि धावनमार्ग क्लियर गराइयो ।airlines

जेटमा बम रहेको अपुष्ट खबर कुनै अज्ञात व्यक्तिले नयाँदिल्लीस्थित उसकै कलसेन्टरमा नोट गराउँदा जहाज सिमरामाथिको आकासमा होल्डमा थियो । पछि जहाज अवतरण गराएर खानतलासी गर्दा हल्ला गरिएजस्तो केही पनि भेटिएन ।

विमानस्थलका प्रवक्ता भोलाप्रसाद गुरागाइँका अनुसार बेला बेला विश्वभर यस्ता हल्ला आइरहन्छन् । यिनमा ९० प्रतिशत हावादारी हुने गरेका छन् । कुनै बेला प्रतिस्पर्धी विमानले पनि आफ्नो बिजनेस बढाउन यस्तो हल्ला गर्ने गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१