भगवानको नाममा धमाधम जग्गा अतिक्रमण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ चैत्र २०७२, सोमबार ०७:५३
काठमाडौं १५ चैत । जनकपुर उपमहानगरपालिका ४ गंगासागर पोखरी अगाडी अदालत जाने बाटोमा एक कट्ठा जग्गामा शनिदेव र माता भद्रकालीको मन्दिर बनाउने तयारी सुरु गरिएको छ ।jagga atikraman
 
मन्दिर बनाउनुभन्दा अघि नै निर्माणकर्ताले माटोका दुईवटा ससना ढिस्का बनाएर फूल अक्षता चढाई भगवानको प्रारुप दिएका आजको अन्नपूर्णमा समाचार छ ।
 
गुठी संस्थान जनकपुरको अधिनमा रहेको उक्त जग्गालाई मन्दिर बनाउन संस्थानसँग कुनै अनुमति लिइएको छैन । मन्दिर बने नबेने पनि माटोको ढिस्कोलाई बनाएकाहरुले भने त्यसको संरक्षक बनेर जग्गाको भोगचलन गर्न थालेका छन् ।
 
पुनरावेदन अदालत अगाडी नै हनुमानको प्रतिमा बनाएर एक जना साधु सानो झुपडी बनाई बसोबास गर्द आएका थिए ।
 
करिब १ वर्षपछि त्यसरी झुपडीमा बसेका साधुले हाल त्यँहा आफनो परवार नै बसालेका छन । उक्त जग्गामा चाचपाँच वटा कच्ची घर र पसलसमेत निमार्ण भइसकेका छन् ।
 
भगवान्का नाममा झन्डा गाडेरमाटोको ढिस्का वा पत्थरलाई रङ, अविर र फूलमाला लगाई भगवान् बनाएर खाली सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य जनकपुर उपमहानगरपालिकामा धमाधम भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१