काठमाडौं १५ चैत । नागरिकको जिउधनको सुरक्षा गर्ने प्रहरी आफैंले सर्वसाधारण नागरिकलाई अपहरण गरी फिरौती असुल्ने धन्दा चलाइरहेका छन् भन्दा धेरैलई विश्वास नलाग्न सक्छ । तर, १० वर्षदेखि प्रहरी सेवामा रहँदै आएका एक प्रहरी जवानले प्रहरी आचरण र नीतिविपरीत यस्तो धन्दा सञ्चालन गर्दै आइरहेको पाइएको छ ।
प्रहरी जवान अरबिन्द सिंहको यस्तो धन्दा उनी पक्राउ परेपछि मात्रै बाहिर आएको छ । औपचारिक मानसिकताका व्यक्तिहरुसँग मिली अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिएको प्रमाणका आधारमा हाल उनी पर्सा प्रहरीको हिरासतमा छन् । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया