बलिउड बक्स अफिसमा अमिताभ र ऐश्वर्या एक साथ भिड्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ चैत्र २०७२, आईतवार १९:२७

160322070841_amitabh_aishwarya_image_624x351_bbc_nocredit-750

एजेन्सी । बलिउड बक्स अफिसमा अभिनेता अमिताभ बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चन एकसाथ भिड्ने भएका छन् ।

अमिताभ बच्चनको फिल्म ‘तीन’ र ऐश्वर्या राय बच्चनको फिल्म ‘सरबजीत’ एकै दिन रिलिज हुने भएको छ । यी दुबै फिल्म आगामी मई २० मा रिलिज हुने तयारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

एकै परिवारका ससुरा र बुहारीको फिल्म जुधेको बलिउडमा सम्भवतः पहिलो घटना हो । अन्तिम समयमा दुईवटै फिल्म एकैदिन रिलिज हुने मिति तय भएको थियो ।

amitav aisorya

ऐश्वर्या अभिनित फिल्म ‘सरबजीत’ पाकिस्तानमा जासुरी र चरमपन्थीको आरोपमा वर्षौंदेखि कैदी जीवन विताइएकी एक महिलाको कथा रहेको समाचारमा उल्लेख छ ।

यता फिल्म ‘तीन’मा भने अभिनेता बच्चनसँगसँगै अर्का चर्चित अभिनेता नवाजुद्दिन सिद्दीको पनि भूमिका रहेको छ ।

बच्चन परिवारको यो टकरावबाट नाफा नोक्सान दुबै उनैको परिवारको खातामा जाने अनुमान भारतीय संचार माध्ययमहरुले गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१