एजेन्सी । संसारमा पुरुष सत्ता स्थापना भएको युगौं भइसकेको मानवशास्त्री, समाजशास्त्रीहरुले बताउने गरेका छन् । पुरुष सत्ताकै कारण सयौं वर्षदेखि महिलाहरु आफ्नो अधिकारका निमित्व संघर्षरत छन् ।
नेपालमा सति प्रथा कायम थियो । मुस्लिम देशहरुमा आजपनि महिलाको अवस्था दर्दनाक नै छ । तर एक अन्तराष्ट्रिय अनलाईन पत्रिकाका अनुसार आज पनि संसारमा एक त्यस्तो देश अस्तित्वमा छ जहाँ महिलाहरुले पुरुषहरुलाई गुलाम, दास बनाएर राख्छन् । पुरुषहरु किन्ने बेच्ने नै गर्छन् ।
उक्त देश नाम हो ‘अदर वल्र्ड किङ्डम’ । यो देश १९९६ मा यूरोपियन देश चेक रिपब्लिकबाट छुट्टिएको हो । यो देशको प्रमुखसमेत महिला नै रहेको छ । यो देशको महारानीको नाम पैट्रिसिया हो । उसैको राजबाट यो देश चल्छ ।
तर हालसम्म अन्य देशहरुले भने यो मूलुकलाई देशको दर्जा भने दिएका छैनन् । तर यो देशमा जानकालागि छुट्टै पासपोर्ट चाहिन्छ । यस देशको छुट्टै पुलिस फोर्स र झन्डा रहेको छ ।
यो देशमा नागरिक बन्ने अधिकार शिर्फ महिलालाई मात्रै छ । यहाँ पुरुषलाई जनावार जस्तै सम्झिने गरिन्छ । पुरुषलाई गुलाम दास भन्दा माथि सोचिदैन । गुलामलाई यदि रक्सी खान मन लाग्यो भने पहिला मालिक्नीको खुट्टामा रक्सी हाल्नु पर्छ । त्यसपनि मात्र पुरुष गुलामले त्यो रक्सी पिउन सक्छ ।
हाल उक्त देशकी महारानी पेट्रिसियालाई मात्र उक्त देशको कानुन परिवर्तन गर्ने अधिकार छ । उनले देशको नागरिक बन्न चाहाने महिलाहरुकालागि निम्नानुसारको नियम निमार्ण गरेकी छिन् ।
१. नागरिक बन्न चाहाने महिलासँग कमसेकम एक जना पुरुष नोकर हुनै पर्ने ।
२. अदर वल्र्ड किङ्डमको सबै नियम पालना गर्न जारी हुनुपर्ने ।
३. नागरिक बन्न चाहाने महिलाले कमसेकम ५ दिन महारानीको महलमा बिताउनु पर्ने
उक्त देश तीन हेक्टर यानेकी ७.४ एकडमा बनेको छ । उक्त देशमा कयौं सुन्दर विल्डिङहरु छन् । घाँसे मैदानहरु छन् । तीनै सुन्दर स्थानको बीचमा महारानीको महल रहेको छ । उक्त देशका लाईब्रेरी, स्कुल, जिम खाना, स्विमिङ पूलहरु, रेस्टुरेन्ट, नाइट क्लब र कैदीहरुलाई राख्ने जेलहरु पनि रहेको समाचारमा उल्लेख छ ।
उक्त देशमा सबै महिलाहरु पुरुष भन्दा माथि छन् । त्यहाँ पुरुषहरुले महिलाहरुको सम्मान गर्नुपर्छ । सबै पुरुषहरुको घाँटीमा जनावारलाई बाँध्ने जस्तो डोरी÷पट्टा हुन्छ । हरेक गुलाम पुरुषको कुनै कुनै चिह्नहरु हुन्छन् । ताकी मालिक्नीले चिन्न सकोस् ।
मालिक्नीको अडरमा मात्र गुलामहरुले खाना खान पाउँछन् । अडर बिना खानेले सजाय भोग्नुपर्छ । यदि कुनै महिलाले गुलामलाई पिट्यो भने उक्त गुलामको स्वर वरपर सुनिनु हुँदैन । किनकी अरुलाई डिस्टर्भ हुन्छ ।
आश्चर्यको कुरा के छ भने यो देश दुनियाँको हो–हल्ला भन्दा पर छ र यस देशको महारानीको अनुहार आजसम्म संसारले देख्न पाएको छैन ।
सन्तान उत्पादनका लागि कस्तो प्रावधान छ भन्ने कुरा भने समाचारमा उल्लेख गरिएको छैन ।
प्रतिक्रिया