शंकाको घेरामा पाइलट, नक्कली प्रमाणपत्र पेस गरेको आशंका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ चैत्र २०७२, आईतवार १०:५९

काठमाडौं १४  चैत । नक्कली प्रमाणपत्र लिएर ठूलो संख्याका कथित डाक्टरहरुलाई हालै प्रहरीले पक्राउ गरेपछि नक्कली प्रमाणपत्र पेस गरी पाइलट बन्ने पनि पर्याप्त रहेको चर्चा हुन थालेको छ ।pilot

यसरी नक्कली प्रमाणपत्र लिएर विमान उडाउनेमा नेपाल वायुसेवा निगमका एक जना पाइलटको नाम पनि चर्चामा आएको छ ।

प्रसंग निगमका विमान चालक सुवास रिजालको हो । उनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने कुरा निगमभित्रै चर्चामा आउन थालेको छ । रिजालको प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको स्रोतको दाबी छ ।

आदर्श सेवा विद्यालय इन्टर कलेज, वाराणसीबाट प्राप्त प्रमाणपत्रमा क्याप्टेन सुवास रिजालले इन्टरको परीक्षा सन् १९८७ मा पास गरेको उल्लेख छ । उनी सन् १९८५ मा सो शैक्षिक संस्थामा प्रवेश गरेका थिए ।

रिजालले पाएको चारित्रिक प्रमाण पत्रमा उमेर भने विक्रम संवत्मा लेखिएको छ । जबकि भारतमा इस्वी संवतमा यस्तो तिथि लेखिने गरिन्छ । यसले गर्दा पनि उनको प्रमाणपत्र नक्कली भएको आशंका उत्पन्न भएको छ । समाचारपत्र दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१