बच्चा जन्माएपछि मात्रै विहे गर्ने ठाउँ, जान्नुस् रोचक परम्परा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १९:३८

एजेन्सी । सुन्दा पनि अचम्म लाग्छ बच्चा जन्माएपछि मात्रै विहे । यो त ‘लिभ इन रिलेसनशीप’मात्रै हुन्छ । यसलाई हाम्रो समाजले स्वीकार गर्दैन ।

तर, हाम्रै छिमेकी देश भारको राजस्थानमा गरासिया ट्राइबका मानिसहरु पछिल्लो एक हजार वर्षदेखि ‘लिभ इन रिलेसनशिप’ अर्थात विहे अघि नै श्रीमान श्रीमतीको सम्बन्धमा बस्दै आएका छन् ।
उनीहरुलाई लिभ इन रिलेसनशिप भन्ने पनि थाहा छैन् । तर, विहे अघि बच्चा जन्माउनु उनीहरुको परम्परा नै हो । जो एक हजार वर्ष पहिलादेखि चल्दै आएको छ ।
भारतीय पत्रिका दैनिक भाष्करका अनुसार गरासिया जातका मानिस राजस्थान र गुजरातमा केही ठाउँमा बस्छन् । राजस्थानको पाली, उदयपुर र सिरोही जिल्लाका केही गाउँमा यिनका परिवार बस्छन् ।
गरासिया ट्राइबमा कैयौ पिढीदेखि केही परिवारमा कसैको पनि विहे नै भएको छैन् । यिनको परिवारमा कसैले बच्चा जन्माउनुभन्दा पहिला विहे गरे विहेपछि सन्तान नहुने मान्यता रहिआएको छ । जसका कारण यहाँका युवा युवतीहरु बच्चा जन्मिएपछि मात्रै विहे गर्छन् ।
मेलाबाट भाग्छन् युवा युवती
राजस्थान र गुजरातमा यो समाजको दुई दिने ‘विवाह मेला’ लाग्छ । जहाँबाट किशोर युवा युवती एकअर्कासँग भेटघाट गर्ने तथा भाग्ने गर्छन् । भागेर घर फर्किदा युवा युवती विहे नगरीकनै पति–पत्निकै जसरी बस्छन् । बच्चा जन्मिएपछि मात्रै परिवारको सहमतिमा विहे गर्छन्

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१