यसकारण महिलाहरुले आलु कम खानु पर्दछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १७:०५

जो महिलाहरु धेरै आलु खाने गर्छन ती महिलाहरुमा गर्भावस्थाको समयमा मधुमेह हुने धेरै सम्भावना रहन्छ । केही समय अघि गरिएको एक अनुसन्धानबाट उक्त कुरा पत्ता लागेको हो । अनुसन्धानकर्ताहरुले आलुको स्थानमा अन्य तरकारीहरु खान सुझाव दिएका छन् । aalu and womanगर्भावस्थामा हुनसक्ने स्वास्थ्य समस्या मध्ये मधुमेह पनि एक प्रमुख समस्या हो । गर्भावस्थामा  गर्भवती महिलाको रगतमा चिनीको मात्रा बढ्न गएमा भविश्यमा आमा र बच्चा दुवैमा समस्या हुन सक्दछ ।   यूएस नेशनल इन्ष्टिच्यूट अफ हेल्थ र  हार्वर्ड विश्वविद्यालयका  शोधकर्ताहरुले १९९१ देखि २००१ सम्ममा १५००० महिलामा अध्ययन गरेको थियो । जसमा गर्भावस्थामा मधुमेह देखिएका महिलाहरुमा गर्भावस्था अघि मधुमेह देखिएको थिएन । यो अध्ययनको बारेमा ब्रिटिश मेडिकल जर्नल (विएमजे )मा प्रकाशित गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१