प्रेरणा र आयुष बने लिटल स्टार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १३:३३

प्रेरणा भट्टराई र आयुष जोशी यस बर्षको लिटल स्टार बन्न सफल भएका छन । लामो समयदेखी बिभिन्न इभेन्ट तथा ट्यालेन्ट प्रतियोगिता आयोजना गर्दै आएको ईभेन्ट कम्पनी ई फर इन्टरटेनमेन्टले आयोजना गरेको लिटल स्टार बाल प्रतियोगितामा उनि बिजयी भएकी हुन्

छात्र र छात्रा गरि करिब २६ बालबालिकाले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा छात्राहरुमा प्रेरणा र छात्र तर्फ भने आयुष जोशी लिटल स्टार बन्न सफल भए  । उनीहरुले अवार्ड र बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे । प्रतियोगिताको फष्ट रनर आपमा सिनियर छात्रा तर्फ निश्मा भण्डारी र छात्रमा उत्कृष्ट पराजुली छानिए भने जुनियर तर्फ छात्रामा एड्रीना रिजाल फस्ट रनर अप बनिन ।सेकेन्ड रनरअपमा सिनियर जुनियर तर्फ तीन बालबालिका सोभना प्याकुरेल, सुभा पाण्डे र सर्बज्ञ प्रसाई चुनिए ।IMG_8555-300x200

लिटल फोटोजेनिकमा अंकिता योगी र संदेश शाही, लिटल ह्यान्डसम प्रत्युस ठाकुर र ब्युटी बिजेता भईन । आशिका थापा र आयुष जोशी बेस्ट पर्सनालिटी, सेंजल लिम्बु र रिजन चौलागाई बेस्ट पर्फमेन्स, श्रिष्टि बराल र प्रत्युस ठाकुर बेस्ट ड्रेस, सभाना र आयुष एसमस किंग अनि क्वीन भए । लिटल क्युट अनुष्का देवकोटा, इंटलिजेंट मानवी ठाकुर, बेस्ट स्माइल एड्रीना रिजाल, बेस्ट क्याटवाक सोनिया खड्का, मोस्ट डेडीकेट आबु झोछे, मोस्ट कंफीडेन्ट र मोस्ट इनरजेटिक प्राप्ती पोखरेल भईन ।

२६ प्रतियोगीमा बिभिन्न चरणमा प्रतिष्पर्धा गराई लिटल स्टार चूनिएको थियो, उक्त प्रतियोगिताका निर्णायकहरुमा अन्तरास्ट्रिय ख्याती प्राप्त मोडल दिपक घिमीरे, अभिनेता मूकेश ढकाल, मोडल क्षितिजा शाक्य, म्यान हन्ट नेपाल मोडल निर्जन थापा, मिस युथ दिपिका केसी र संचारकर्मी समिर श्रेष्ठ थिए ।   । कार्यक्रममा गायकहरु यम बराल, हिमाल सागर, गायिका स्मृति पोखरेल लगायत अतिथि थिए भने उनीहरुले आफ्नो प्रस्तुति समेत दिएका थिए ।

कर्यक्रमकी आयोजक संस्था ई फर इन्टरटेनमेन्टकी प्रमुख प्रियंका सिटौलाले साना बालबालिकालाई आत्मनिर्भर बन्न सिकाउन र मोड्लिंगको क्षेत्रमा भविष्य बनाउन सहयोग गर्ने हिसाबले लिटल स्टारको आयोजना गरिएको र आगामी बर्ष पनि यसलाई निरन्तरता दिइने सोच रहेको बताईन । इभेन्ट कोअर्डिनेटर प्रमोद बंशल रहेका थिए भने इभेन्टको कोरियोग्राफी जेनिशा तामाङले गरेकी थिईन 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१