ह्यारीको नेपाल भ्रमणले दोस्रो विश्वयुद्ध लडेका गोर्खालीको आत्माले न्याय पाउँलान त ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार १३:१७

कर्ण बहादुर अधिकारी मकाउ,चीन।
वेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको समय अबधिमा नेपालका मिडिया कर्मीहरूले दिलै खोलेर चर्चा परिचर्चा गर्न भ्याए एक तर्फबाट हेर्दा एउटा सम्पन्नशाली राष्ट्रका राजकुमारको बारेमा चर्चा गर्नु राम्रो कुरा पनि हो।नेपाल भ्रमणको दौडानमा यिनले नेपाली नागरिकसंग अमिट मित्रता गास्न सफल भए तर कुरा यतिमा मात्र सिमित छैन यिनी किन नेपाल आए र किन मंगली तामाङको बास बसे भन्ने कुराहरूलाई बुझ्न जरूरी छ।वेलायती राजकुमारले जुन किसिमको भावना नेपालीसंग साटे त्यो भावना भनेको दोस्रो बिश्व युद्धमा वीर गोर्खालीको नामले चिनिएका नेपालीहरूले बेलायतलाई रक्षा गरी दुष्मनहरूसंग लडाई लडेर आफ्नो जीवनको आहुति दिए बापतको सान्त्वना स्वरूप हो।विश्व युद्ध लडेका एक सीपाहीको श्रीमति हुन मंगली तामाङ ।

नेपाली नागरीकले वीर गोर्खालीको नामबाट वेलायती सेनामा भर्ति भएको २०० बर्ष गाठको अबसरमा पनि बेलायति राजकुमारले नेपाल भ्रमण गरेका हुन।गोर्खालीले वेलायतका हितका लागि योगदान र बलिदानी दिएको पनि २०० बर्ष नाघि सक्यो तर ती यूद्ध लडेका गोर्खाली र तीनका परिवारले के न्याय संगत तवरबाट सेवा पाएका छन त वेलायतबाट ?यस्ता कुरालाई पनि चासो दिन जरूरी छ।हो हामीहरूले देख्यौ वेलायती राजकुमार एउटा साधरण नागरीक झै नेपालका गाँउ बस्ति कुना कुनामा पुगे यिनी सम्पन्नशाली राष्ट्रका यूवराज भएर पनि यिनमा त्यस्तो अभिमान देखिएन किनकी नेपालका राजनिति दलका नेताहरू नपुगेका भुकम्प पीडित जनताको पाल मुनी जुत्ता खोलेर प्रवेश गरे र उनीहरूको चराई रहेको घाउँमा मलम लगाई दिए सान्त्वना दिएर।चितवनका थारू बस्तिमा गए त्यहाँ पनि त्याहाँको रीतिरीवाज परम्परा अनुसार रम्न चाहे।लमजुङ्ग पुगे त्यहाँ पनि दोस्रो बिश्व युद्ध लडेकाको परिवारको घरमा गएर मिठो मानी मानी नेपाली खाना खाए।लमजुङको मौलिक भाकामा गाएको गीतमा ताल मिलाई मिलाई नाचे।लमजुङ्कै स्कुले भाईहरूसंग भलिबल खेलेर रमाए।क्रिष्चियन भएर पनि रातो रंग सहित होली मनाए।काठका काम गर्नेहरू संग औजार समाए ,दुर्गम बस्तिमा रहेका स्कुलमा दिन भर ढुंगा बोके मजदुरहरूसंग मिलेर काम गरे।यस्तो गर्न सक्नु पनि वेलायती राजकुमारको प्रतिभा नै मान्नु पर्छ किनकी यिनले नेपाल र नेपाली माथि प्रगाढ रूपमा भावनात्मक संबन्ध गास्न सफल भए।यिनको यस्ता चरित्रले नेपालको नेताहरूमा पनि चेतना खुल्नु पर्ने हो।

जसरी यिनी नेपाली जनता सामु लोक प्रिय भए त्यसरी नै गोर्खाली सेनाहरूको बीच पनि लोक प्रिय हुन जरूरी छ।गोर्खाली सेनाको हक हितका लागि अहिले सम्म पनि गेसोले मुद्दा उठाई रहेको छ।एउटै पेशामा पनि फरक सुविधा भएका कारणले खुशी छैनन्।दोस्रो बिश्व युद्धमा लडाई लडेकाहरूको अहिले सम्म सहि तवरबाट लेखा जोखा छैन।त्यसैले यदि सहि न्याय नै दिलाउने हो भने वेलायती सरकारले तुरून्तै गोर्खालीहरूको मागलाई संबोधन गर्न जरूरी छ।हामी नेपालीहरूको एउटा कम्जोरी भनेको कुनै पनि ब्यक्तिले अलिकति नेपाल प्रेमी कुरा गरे भने एकदमै भावनामा बिलिन भएर बिगतलाई भुलि दिन्छौ।त्यसको ज्वलन्त उदाहरण हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण।यसका बारेमा चर्चा गर्न जरूरी देख्दिन।त्यसरी नै बेलायती राजकुमारको बारेमा पनि चर्चा परिचर्चा अलि बेसी नै भएको हो की भन्ने आभास भई रहेछ।गोर्खाली सेनाले वेलायतको रक्षा गर्यो भने वेलायतको रक्षा गर्ने गोर्खालीको भविष्यको रक्षा कसले गर्छ?त्यसैले वेलायती राजकुमारको नेपाल भ्रमणलाई हामीले यो बुझ्नु पर्यो की यिनी आफ्नो इच्छा अनरूप नै नेपालको भौगोलिक र प्राकृतिक वातावरणसंग रम्न चाँहेका मात्र हुन।यसबाट उपलब्धि हुने कुनै लक्षण देखिदैन।

अन्त्यमा वेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गरेर नेपाली नागरीकको मन मन्दिरमा अमिट छाप राख्न सफल भएकोमा हार्दिक बधाई साथै यसरी नै आउँदा दिनहरूमा वेलायतका नागरीकहरूलाई नेपालका प्राकृतिक सन्दौर्यका बारेमा चर्चा परीचर्चा गराएर नेपाल भ्रमण गराउनका लागि उत्प्रेरणा जागृत गराउनका लागि पहल गरि दिउन भन्ने सोच राखेको छु।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१