धमलाका विचार गहकिला भनेर अमेरिकाले दियो स्थान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार ०९:१२

rishi-dhamalaकाठमाडौँ ।  रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाबारे अमेरिकी सरकारको गोप्य सूचनामा उल्लेख गरिएको पाइएको छ ।

अमेरिकी सरकारको गोप्य प्रतिवेदन सार्वजनिक गर्दै आएको विकिलिक्स अनलाइनले धमलाको नाम उल्लेख गरिएको रिपोर्ट हालै सार्वजनिक गरेको हो ।

रिपोर्टमा आफ्नो अमेरिका भ्रमणबारे धमलाले ७ अक्टुबर २००९ मा अन्नपूर्ण पोष्टमा लेखेको संस्मरणको प्रसंग उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार धमलाले अमेरिकी नेतृत्वबाट नेपाली नेतृत्वले सिक्नुपर्ने बताएका छन् । खास गरी अमेरिकाले गरेको अभूतपूर्व विकास र आर्थिक उन्नतीबारे सिक्नुपर्ने उनको भनाइ छ ।

धमलाको लेखको मुख्य बुँदा नेपालस्थित अमेरिकी दूतावासले अंग्रेजीमा अनुवाद गरी विदेश मन्त्रालयमा पठाइएको रिपोर्टमा छ ।

काठमाडौँ टुडेबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१