सेना पुलिस बिना नै चलिरहेको दुनियाँका यी सात देश : पसलमासमेत मान्छे बस्दैनन्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार ०९:०४

देशकालागि पुलिस प्रशासन एक अनिवार्य सर्त मानिन्छ । तर दुनियाँमा त्यस्ता देशहरुपनि छन् । जहाँ कुनै पुलिस फोर्स सरकारसँग छैन र पनि देश शान्त र समृद्ध छ । साम्यवादीहरुले कल्पना गरेको वर्गविहिन समाजसँग मिल्दो जुल्दो सेनापुलिस विनाको देश कुन कुन हुन् आउनुहोस् यसबारे छोटो जानकारी लिऊँः

१. कोस्टारिकाः

kostarica-750
मध्य अमेरिकामा पर्ने एक स्वतन्त्र देश हो कोस्टारिका । जहाँ कुनै सेना पुलिस छैन । कोस्टारिकामा पहिला नभएको भने होइन । सन् १९४८ मा त्यहाँका सेनाहरुले विद्रोह गरेर सत्ता ‘कु’ गर्न खोजेका थिए । त्यस्तै राष्ट्रपतिको चुनावमा धाँधलीसमेत सेनाले गरेपछि १९५३ मा जारी भएको संविधानबाट सेना राख्ने नीति नै खारेज गरिदिए । भएका सम्पूर्ण सेनालाई विदा गरिदिए । संविधान घोषणा भएदेखि हालसम्म १४ पटक राष्ट्रपति चुनाव भएको छ । तर त्यहाँ कुनैपनि प्रकारको दंगा भड्किएको छैन । हाल उक्त देश शान्तिपूर्ण ढंगले विकास गतिमा अघिबढिरहेको छ ।
२. बैटिंकन :

baitikan-750
बैटिंकन संसारको सबैभन्दा सानो देश मध्ये एक हो । यो देश इटलीको रोमको छेउमा पर्छ । यसको क्षेत्रफल ०.४४ वर्गकिलोमिटर मात्र रहेको छ । यो देशका क्याथोलिक चर्चको मुख्यालयसमेत रहेको छ । यो देशका प्रमुख आजपनि चर्चका पोप नै छन् । यहाँपनि कुनै सेना पुलिस छैन ।
३. तुवालुः

tuvalu-750
यो देश प्रशान्त महासागरको एक द्धिपमा अवस्थित छ । १४ किलोमिटर क्षेत्रफलमा बनेको यो देशको कुल जनसंख्या दश हजार मात्र रहेको छ । यो देशमा पनि कुनै सरकारी सेना पुलिस छैन । यो देशलाई १०० जना सुरक्षागार्डले सुरक्षा प्रदान गरिरहेको छ ।
४. ग्रेनेडाः

greneda-750
यो देश कैरिबिक र एटलान्टिक महासागरको बीचमा अवस्थित छ । १९८३ मा सैनिक विद्रोह र अमेरिकी हस्तक्षेप पनि यो देशबाट पनि सेना हटाईएको थियो ।
५. नाउरुः

nauro-750
प्रशान्त महासागर स्थित एक द्धिपमा अवस्थित छ यो देश । यो देशको क्षेत्रफल २१.१० वर्ग किलोमिटर रहेको छ । करिब १० हजार जनसंख्या रहेको यो देशको सुरक्षाको जिम्मा भने अस्ट्रेलियाले लिएको छ । जसकारण यो देशमा पनि कुनै सेना पुलिस छैन ।
६. अन्डोराः

andora-750
यूरोप स्थित यो देश १२७८ देखि नै अस्तित्वमा आएको हो । यसको क्षेत्रफल ४६८ वर्गकिलोमिटर फैलिएको छ । यो देशको दोकानहरुमा कुनैपनि पसले समेत बस्दैनन् । पसलमा चोरी समेत नहुने देशमा कुनैपनि सुरक्षाको लागि सेना प्रहरी चाहिने प्रश्नै भएन । तर यो देशको भविष्यमा आईपर्ने भवितव्य सुरक्षाको जिम्मा भने फ्रान्स र स्पेनले लिएको छ ।
७. समोआः
समोआ १९६२ मा न्युजरल्याण्डको उपनिवेशबाट मुक्त भएको देश हो । स्वतन्त्र राष्ट्रका रुपमा अस्तित्वमा रहेको यो देशमा पनि कुनै किसिमको सेना र पुलिस छैन । १९६२ मा भएको मैत्री सन्धिबाट आवश्यक पर्दा न्युजरल्याण्डले नै यसको सुरक्षा जिम्मा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१