दक्षिण अफ्रिकालाई हराउँदै वेष्टइन्डिज सेमिफाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ चैत्र २०७२, शनिबार ०६:२९
bभारतमा जारी विश्वकप टि-ट्वान्टी प्रतियोगितामा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै वेष्टइन्डिज सेमिफाइनलमा प्रवेश गरेको छ।
शुक्रबार मोहालीमा टस हारेर पहिले ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो।
उसका लागि क्विनिसन डे ककले सर्वाधिक ४७ रन बनाए। यस्तै डेभिड वायर्सले २८ तथा मोरिसले १६ रन बनाए।
१२३ रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिजले २ बल बाँकि छँदै ७ विकेट गुमाएर पूरा गर्‍यो। उसका लागि सामुल्सले सर्वाधिक ४४ रनको पारी खेले। यस्तै जोह।सन चार्लेसले ३२ रन बनाए। क्रिस गेल चार रनमा आउट भए।
समूह १ मा सबै तीन खेल जितेको वेष्ट इन्डिज ६ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको हो। यस्तै समान खेलबाट इंल्याण्ड चार अंकसहित दोस्रो स्थानमा छ।दक्षिण अफ्रिका र श्रीलंका समान २-२ अंकसहित तेस्रो र चौथो स्थानमा छन्। अफगानिस्तान अंक बिहिन छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१