जुम्याहा बहिनीका एउटै ब्वायफेण्ड, हुन चाहन्छन् एकसाथ गर्भवती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७२, शुक्रबार २१:५६
twin-1 (1)जुम्ल्याहा दाजु भाइ वा दिदी बहिनीका रुपरंग तथा कद मात्र होइन धेरै आनीबानी मिल्दछन् । तर यस्तो मिलानको पनि एउटा हद हुन्छ । अस्ट्रेलियाका एक जुम्ल्याहा जोडी दिदीबहिनीले यो हद पार गरेका छन् ।
पर्थमा बस्ने यी जुम्ल्याहा दिदी बहिनी २४ सै घण्टा सँगै बस्दछन् । दुबैले एउटै खाले कपडा लगाउँदछन् । एउटै मोबाइल शेयर गर्दछन् र एउटै कोठामा बस्दछन् । यतिसम्म त ठिकै थियो तर हैरान गरिदिने कुरा के छ भने यी दुइजना जुम्ल्याहाको ब्वायफ्रेण्ड पनि एउटै अर्थात् साझा छ ।
एना र लुसी नामका यी जुम्ल्याहाको कहानी दुनियाले तब थाहा पाये जब यिनीहरुले जापनको एक टेलिभिजन शो मा अनौठो खुलासा गरे । त्यसक्रममा उनीहरुले आफुहरुको ब्वायफ्रेण्ड एउटै भएको र आफुहरु सँगै गर्भवती हुन चाहेको बताए ।
यी जुम्ल्याहाको साझा ब्वायफ्रेण्डको नाम ब्रायन हो, जो पेशाले इलेक्टि्रकल मेकानिक्स हुन् । जुम्ल्याहा दिदी बहिनीसँगै एउटै जस्तो व्यवहार गर्न आफुलाई निकै मुस्किल पर्ने उनको अनुभव छ ।
यी जुम्ल्याहलेे एकसाथ गर्भवती बन्न तथा बच्चा जन्माउन चाहनुको कारण पनि रोचक नै छ । एकसाथ गर्भवती बन्दा तथा बच्चा जन्माउनाले दुइ दिदी बहिनी सधै एकैखालको हुन सकिने र जन्मिने बच्चा पनि एउटै खालको जन्मिने उनीहरु बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१