सोलुखुम्बु १२ चैत   । वाकु–३ सोलुखुम्बुकी ३० वर्षीया सुमित्रा राईले ९ वर्षीय छोरालाई साथमा लिएर खोलामा हाम फाली आत्महत्या गरेकी छन् ।solukhumbu

श्रीमान् वैदेशिक रोजगारमा रहेका सुमित्राले छोरालाई पनि साथमै लिएर इङ्खु खोलामा हाम फालेकी हुन् । गत शुक्रबार इङ्खु खोलाको किनारमा आमाछोराको शव भेटेपछि अनुसन्धान थालेको प्रहरीले सुमित्राले आत्महत्या गरेको निष्कर्ष निकालेको हो ।

शव परीक्षणको प्रतिवेदन र अन्य स्थलगत अवस्थालाई विश्लेषण गर्दा सुमित्राले छोरालाई पनि साथमै लिएर खोलामा हाम फाली आत्महत्या गरेको पुष्टि भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।