फेसबुके प्रेमी : पिरती लगाउँदै, युवती ठग्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ चैत्र २०७२, शुक्रबार १०:२६

 काठमाडौं । फेसबुकबाटै ४० जनाभन्दा बढी युवतीलाई ठगेको आरोपमा प्रहरीले धरानका जीवन लामालाई पक्राउ गरेको छ । उनले १ करोडभन्दा बढी ठगी गरेको आरोप प्रहरीमा छ ।FACEBOOK LOVE

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लामाले ठग्नकै लागि आफू अमेरिकी आर्मी, हङकङ लाहुरे, व्रिट्रिस आर्मी भएको हवाला दिँदै हिँडेका र विवाह गर्ने बहाना बनाएको आरोप छ । त्यसमध्येकी एक युवती हुन्, नुवाकोटकी सीता लामा (नाम परिवर्तन) । सीतालाई लामाले फेस बुकमार्फत ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । ‘युएस आर्मीको पोसाकमा बन्दुक बोकेका युवकले ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए, पहिले त मैले स्वीकार गरिन, तर, निरन्तर एसएमएस आइरहर्‍यो,’ उनले भनिन्, ‘केही दिनपछि त नजिकैका नातेदारलाई चिन्छु भनेर म्यासेज पठायो, त्यसपछि राम्रै मान्छे होला भनेर ‘फ्रेन्ड रिक्वेस्ट’ स्वीकार गरें ।’ उनीहरुवीच कुराकानी बाक्लिंदै गयो । जीवनले विबाहको प्रस्ताव गरे ।

कुराकानीकै क्रममा आफू युएस आर्मी भएको र विवाहपछि अमेरिका ल्याउने प्रलोभन देखाए । खाइलाग्दो ज्यान भएको जीवनसँग विवाह गर्न सीता राजी भइन् । करिव एक महिनापछि उनी सीताको घर पुगे । बाबुआमा र आफन्तलाई भेटेर विवाहको प्रस्ताव गरे । युएस आर्मी भएको ज्वाई पाएपछि सीताका आमाबुवाले विवाहको प्रस्तावलाई स्वीकारे । जीवन काठमाडौं फर्के । सिता र जीवनको भेट पनि बाक्लियो ।

एक महिनापछि आफ्ना बुवाको अचानक अप्रेसन गर्नुभएकाले पैसाको अभाव भएको भन्दै जीवनले सीतासँग नक्कली समस्या सुनाए । आफ्नो अमेरिकन बैंकको खाता भएकाले तुरुन्त पैसा निकाल्न नमिल्ने भन्दै ५ लाख रुपैयाँ पठाउन सीतासँग अनुरोध गरे । उनले जीवनको समस्या बाबुआमालाई बताइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१