विश्व क्षयरोग दिवस – नेपालमा तथ्याङ्क ल्याउन सर्वेक्षण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार ११:५९

काठमाडौँ, ११ चैत । नेपालमा क्षयरोगीको सङ्ख्या कति ? पत्ता लगाउन राष्ट्रिय क्षयरोग केन्द्रले ‘टिवी प्रिभ्यालेन्स सर्वे’ गर्दैछ ।

चालू आव २०७२÷०७३ मा सुरू भई तीन वर्षमा सकिने सो सर्वेमा क्षयरोग नियन्त्रण गर्न चालिुनपर्ने उत्तम उपायबारे पनि नयाँ तथ्य आउने अनुमान गरिएको छ । नेपालमा हाल ४६ हजार क्षयरोगी रहेको अनुमान छ ।
यसैवर्ष केन्द्रमा ५० श्ययाको छाती रोग अस्पताल निर्माण कार्य पनि सुरु हुँदैछ । आव २०७१÷०७२ मा मात्रै ३४ हजार १२१ जना क्षयरोगी डट्स उपचार पद्धतिमा दर्ता भएको केन्द्रले जनाएको छ । तीमध्ये खकारमा क्षयरोगका किटाणु देखा परेका (सर्ने खालका) क्षयरोग बिरामीको सङ्ख्या १८ हजार ४६० रहेको केन्द्रका वरिष्ठ छाती रोग तथा छाती रोग विशेषक्ष डा मोहनकुमार प्रसाईंले बताउनुभयो ।

क्षयरोगको बढ्दो प्रकोपलाई ध्यान दिँदै सरकारले यसको नियन्त्रण र रोगथामका लागि प्रत्यक्ष निगरानीमा गरिने उपचार विधि डट्स उपचार रणनीति सुरु गरेको छ ।

सन् १९९६ मा नमुनाका रुपमा सुरु गरिएको डट्स उपचार पद्धति ७५ जिल्लाका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका साथै निजी स्वास्थ्य संस्था गरी चार हजार २२१ उपचार केन्द्रबाट एकीकृत स्वास्थ्य सेवाको निःशुल्क उपचार सेवा दिँदै आएको छ । हाल ५८१ माइक्रोस्कोपिक केन्द्रबाट शङ्कास्पद क्षयरोगीको निःशुल्क खकार परीक्षण गरिँदै आएको केन्द्रले जनाएको छ ।
‘क्षयरोग निदानका लागि सबै सङ्गठित होऔँ’ भन्ने नाराका साथ नेपालमा आजै अर्थात् मार्च २४ लाई विश्व क्षयरोग दिवस मनाइन्छ । दिवसका अवसरमा आज बिहान चिरायु स्वास्थ्य संस्थाले माइतीघर मण्डलामा चेतनामूलक प्रदर्शन गरेको थियो ।xayarog

केन्द्रका निर्देशक डा विकास लामिछानेले क्षयरोगको उपचार छिटोछरितो गरी गुणस्तरीय परीक्षण सुविधा मिलाउन तथा क्षयरोगविरुद्ध प्रभावकारी खोपको व्यवस्था गर्ने दिवसको लक्ष्य छ ।
दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लागि रहनु, खकारमा रगत देखा पर्नु, साँझपख हल्का ज्वरो आउनु, खाना मिठो नलाग्नु, कमजोर हँुदै जानु र छाती दुख्नेमध्ये कुनै पनि लक्षण देखा परेमा क्षयरोग भएको हुनसक्छ ।

क्षयरोगको किटाणु हावाको माध्यमबाट जुनसुकै उमेर समूहका मानिसमा सर्ने भएकाले धरै भीडभाडमा नजान, बाहिर हिँड्दा मास्कको प्रयोग गर्न र खोक्दा वा हाच्छ्युँ गर्दा मुख छोप्न तथा रोगीले नियमितरुपमा औषधि सेवन गर्न चिकित्सको सल्लाह छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१