​ऋचा घिमिरे तेस्रो पटक आमा बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार ११:२३

काठमाडौं । नेपाली चलचित्रकी नायिका ऋचा घिमिरेले आफु तेस्रो पटक आमा बन्न लागेको बताएकी छन् । यसअघि दुइछोराकी आमा वनेकी ऋचा घिमिरेले पछिल्लो सन्तान छोरी भएको पनि बताएकी छन ।रिचा  घिमिरे

उनले फेसबुकमा लेखेकी छिन्-‘बसन्त ऋतुको आगमन साथै होली पर्वको समय, यो भन्दा अरु खुशी को रङ के हुनसक्छ, मैले मेरो आफ्नो रङ बाड्न पाउनु ? हाम्रो जीवनमा छोरीको आगमन हुँदैछ ।

चार बर्षमा ३ वटा बच्चाहरु, ३ मेजर सर्जरी हुन गैरहेको छ । अनि अमेरिका जस्तो मुलुक जहाँ प्रत्येक जसोले काम गरेर डलरका साथै भविष्यका लागि धन कमाउछन्, म भने आम गृहिणी भएर घर र बच्चाहरु स्याहर गरिरहेकी छु ।’

साथै नायिका घिमिरेले आफु सात महिनाको गर्भवती भएको फोटोपनि सार्वजनिक गरेकी छन् ।   निर्देशक शंकर घिमिरेसँग विवाह गरेकी नायिका घिमिरेले उनिहरुद्धारा निर्मित चलचित्र तुलसीको प्रचारप्रसारका लागी भन्दै विगत तिनबर्षदेखी ऋचाको परिवार अमेरिकामा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१