साइनबोर्ड एउटा धन्दा अर्कै, काठमाडौंमा यौन व्यापारको रहस्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ चैत्र २०७२, बिहीबार १०:५१

kalankiकाठमाडौं । कंलकीस्थित मकालु पेट्रोल पम्पको पछाडीपट्टी एउटा साढे तीनतले घर छ । जहाँ ‘सोसाइटल ओभरसिज सर्भसेज प्रा.लि’ लेखिएको साइनबोर्ड देख्न सकिन्छ ।

शुक्रबार साप्ताहिकमा खबर छ –साइनबोर्ड अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यावसाय नभएर यौन व्यापार भईरहेको थियो । जहाँबाट ग्राहकले आफ्नो माग अनुसार यौनकर्मी छानेर लैजान्थे वा त्याही रहेको रुममा रमाईलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन महिला ग्राहकले समेत ‘सेवा’पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौनकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो ।

पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो–मेनपावरको आवरणमा समेत शहरमा यसरी यौनधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपूरकी विमला अधिकारी र अर्घाखाचीका गोपाल भूसाल अहिले कालिमाटिस्थित प्रहरी वृतमा छन् ।

sex_be2

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, पुस १२, २०८१