हाम्रो दिनचर्या नै बनिसकेको छ बिहान उठ्ने बितिक्कै चिया पिउने । कतिपयले मुख पनि नधोइ चिया पिउने गर्छन जसलाई बेड टि भन्ने गरिन्छ । तर हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ खालिपेटमा चिया पिउनु हानिकारक छ । तथ्यांक अनुसार हाम्रो देशको करिब ८० देखि ९० प्रतिशत जनसंख्या विहान उठ्ने वित्तिकै चिया पिउछन ।भर्खरै गरिर्एको एक अध्ययनले पनि खाली पेटमा चिया पिउनु राम्रो होइन भन्ने प्रमाणित गरेको छ । विशेष गरी गर्मी मौसममा खाली पेटमा चिया पिउदा स्वास्थ्यमा हानि हुने समेत पत्ता लागको छ । तसर्थ बिहान चिया पिउने नै हो भने तपाईले विहान उठेर हल्का नास्ता खाइसकेपछि मात्र चिया पिउनुहोस। विहान उठेर खाली पेट चिया पिउदा हुने हानीहरुः १. विहान उठेर खाली पेट चिया पिउदा बाइल जूसको प्रक्रिया अनियमित हुन्छ । जसले तपाईलाई वान्ता हुनसक्छ र अप्ठेरो महसुस हुनसक्छ । २. सामान्यतया ब्ल्याक टि लाई स्वास्थ्यको हितमा मानिन्छ । तर, अत्याधिक पिएमा हानी पनि गर्नसक्छ । ब्ल्याक टि पिउँदा तौल घट्छ तर, पेट फुल्छ भने भोक लाग्दैन् । ३. अधिकांश मानिस दूध चिया पिउने गर्दछन् । तर, कमैलाई मात्र थाहा छ कि खाली पेट दूध चिया पिउँदा चाँडै थकान महसुस हुन्छ । साथै व्यवहारमा चिडचिडापन (रिसाउने) स्वाभाव आदि आउँछ । ४. यदि तपाईलाई पनि स्ट्रगं टी पिउन मनपर्छ भने सावधानी अपनाउनुस् । धेरै स्ट्रगं चिया पिउनेलाई अल्सर हुने खतरा हुन्छ । यसले पेटभित्र घाउ बनाउने सम्भावना एकदमै बढी हुन्छ । ५. कैयौ मानिस एकैपटक धेरै चिया बनाउँछन् । र त्यसलाई पटकपटक उमालेर पिउने गर्छन् । पटकपटक तपाएर चिया पिउनु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ ।एजेन्सी
प्रतिक्रिया