टुरिजम एक्सप्रेस पत्रिकाले पर्यटन उद्योगकै सवैभन्दा ठूलो फुटबल प्रतियोगिता गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार २०:५२

prकाठमाडौँ ।  समग्र पर्यटन उद्योगलाई एउटै मैदानमा उभ्याई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल सुरक्षित भएको सन्देश प्रवाह गराउने तथा पर्यटन उद्योगलाई एकताको सुत्रमा बॉध्ने मुख्य उदेश्यले ‘पर्यटनमैत्री फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । पर्यटन पत्रिका टुरिजम एक्सप्रेसद्धारा राजधानीमा सम्पन्न प्रारम्भिक छलफल समारोहबाट सो फुटबल प्रतियोगिता गराउने पत्रिकाले निष्कर्ष निकालेको हो । नयॉ वर्ष २०७३ को अवसरमा गरिने सो प्रतियोगितामा समग्र पर्यटन उद्योगमा रहेका धेरैभन्दा धेरै संघसस्थाहरुलाई सहभागि गराइनेछ । पर्यटन उद्योगका २० भन्दा बढी संघसस्थाहरुलाई एउटै मैदानमा सहभागि गराएर नकाउट सिस्टममा खेलाइने पत्रिकाले जनाएको छ । राजधानीमा खेलाइने सो खेल एक दिनको हुनेछ । विहान १० बजेबाट बेलुका ४ बजेसम्म खेलाइने सो खेल पर्यटन उद्योगमा अहिलेसम्मकै सवैभन्दा ठूलो हुने भएकाले सवै उत्साहित भएको पत्रिकाका अध्यक्ष अनिल नेपालीले जानकारी दिनुभयो ।pariyar त्यस्तै, छलफल समारोहमा सहभागि पर्यटन मन्त्रालयका उप–सचिव टेकनारायण पौडेलले नेपाल सुरक्षित भएको सकारात्मक सूचना प्रवाह गराउन पत्रिकाले आयोजना गर्न लागेको प्रतियोगिता ज्यादै महत्वपूर्ण भएकाले सराहनिय रहेको बताउनुभयो । टुरिजम डेभ्लप्मेन्ट बैंकका सिइओ महेश ढकाल (शर्मा) ले पर्यटन उद्योगलाई नै एकताको सुत्रमा बॉध्ने प्रयास अत्यन्त साहसिक रहेकाले सवैले साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पाले खस्क‘दै गएको नेपालको पर्यटन अवस्थालाई उचाइमा पु¥याउन सवैभन्दा पहिला समग्र पर्यटन उद्योग एक हुनुपर्ने भएको भन्दै पत्रिकाको उदेश्य पनि त्यही अनुरुप भएकाले सवै सहभागि हुनुपर्ने बताउनुभयो । टानका महासचिव कर्ण लामाले पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने सृजनात्मक कार्यक्रमलाई टानले प्राथमिकतामा राख्ने बताउनुभयो । छलफल समारोहमा पर्यटनका करिब एक दर्जनभन्दा बढी संघसस्थाका प्रमुख÷प्रतिनिधिसहित पर्यटन व्यवसायी, पर्यटन मन्त्रालयका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं सञ्चारकर्मीहरुको उल्लेख्य मात्रामा उपस्थिती थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१