बिग्रेको घडीले पनि मालामाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १९:१७
watchघडीको काम नै समय देखाउनु हो । यो बिग्रिसकेपछि यसको के काम ? फ्याँक्नु नै एकमात्र विकल्प हो ।
पुनः मर्मत गरेर लगाउन मिल्नेगरी बिग्रेको घडीको भने पसलमा धेरथोर भाउ मिल्ला । तर एउटा बिग्रेको घडीको मूल्य ८० लाख रुपैयाँ पर्छ भनेर कसैले पनि पत्याउन सक्दैन ।
यहीँ पत्याउनै नसकिने भाउ पाएको छ बेलायतमा एउटा बिग्रेको घडीले । मान्छेको तालुमा आलु फलेपछि कहिलेकाहीँ बिग्रेको घडीले पनि मालामाल बनाउँदो रहेछ । एक बेलायती आफ्नो बिग्रेको घडीबाटै लखपति बन्न सफल भए ।
बेलायतको चेशायरका नियाल विलियम्स नामका एक व्यक्तिले आफ्ना मृतक बुवाले घरको घर्रामा राखेको उक्त बिग्रेको घडी लिलाम गर्दा सोँच्दै नसोँचेको मूल्य पाएका छन् ।
बिग्रेर बन्द भएको यो घडी दोश्रो विश्वयुद्धको समयको घडी रहेको पत्ता लागेको छ । उक्त घडी दोश्रो विश्वयुद्धमा इटालियन सामुदि्रक सेना बोक्ने जहाजका ड्राइभरलाई दिइएको थियो ।
घरमा सफाइ गर्दा मृतक बुवाका सरसामान राखेको घर्रामा फेला पारेको उक्त घडीलाई उनले कार बूट सेलमा लगेका थिए । जहाँ उक्त घडी ५५ हजार ६ सय ६० पाउण्डमा बिक्रि भयो । इटालियन कम्पनी पेनेरोयले यो घडी बनाएको हो । यो घडी सन् १९४१ देखि १९४३ बीचको समयमा बनेको हो । उक्त समयमा बनेका रोलेक्स १७ रुबिस ३६३६ घडीमध्ये यो एक हो ।
यो घडी वाटरप्रुफ हुनुका साथै यसको ठूलो तथा चम्किलो डायल अँधेरोमा पनि देखिन्थ्यो । इटालियन सेनाको गोताखोरहरुलाई समेत लगाउन दिइन्थ्यो ।
रातको समयमा पनि चम्किलो घडीमा समय देख्न पाउन् र सेनाले सत्रु सेनाको ठीक निसानामा बम हान्न सकुन् भनेर यो घडी वितरण गरिन्थ्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१