१३औं माहाधिवेशनमा पनि कांग्रेस पार्टीले बिदेश स्थित नेपाली जनसम्पर्क समितिहरूलाई न्याय दिन सकेन !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १९:०७

कर्णनेपाली कांग्रेसको १३औं माहाधिवेशन केहि दिन अगाडी भब्यताका साथ सम्पन्न भएको छ।यस माहाधिवेशनबाट आएको परिणामलाई लाखौ लाख कांग्रेसीजनहरूले सहर्स स्वीकार गर्नु पर्दछ र गरेका पनि छन।माहाधिवेशन समाप्ति संगै ५ बर्षका लागि नयाँ केन्द्रिय कार्य समिति पनि गठन भई सकेको छ।नयाँ केन्द्रिय कार्य समितिका पदाधिकारीहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको कामना ब्यक्त गर्दछु।लामो समय देखि अन्योलमा रहेको कांग्रेसमा अब केहि उमङ्ग छाएको छ किनकी माहाधिवेशन पछि केहि यूवा नेताहरू र पुराना नेताहरू पनि नयाँ सोच र नयाँ जोशका साथ बिजय हुनु भएको छ।तर दुख यसैमा लाग्यो यूवा नेता गगन थापा १३औं महाधिवेशनमा नराम्रोसंग संस्थापन र देउवा पक्षको चेपुवा परे यी दुवैले गगनलाई स्थान दिन सकेन र गगनले बाध्य भएर अलग धारबाट माहामन्त्रीमा उमेदवारी दिए तर बिडम्वना गगनको हार भयो।माहाधिवेशनमा प्रतिनिधि बनेर भाग लिने प्राय सबै यूवाहरू नै थिए तर ती यूवा जमात पनि संस्थापन र देउवा पक्षको नामबाट चेपुवा परे र गगनलाई समर्थन गर्न सकेनन्।

१३औं माहाधिवेशनमा केन्द्रिय सदस्य अन्तर्गत भ्रष्ट्राचारीको अभियोगमा जेल जीवन ब्यतित गरेर आएका नेता खुम बहादुर खड्काले दोस्रो स्थानमा छलाङ् मारे ।आखिर किन मारे त खुम बहादुर खड्काले छलाङ् ?किन जीताए खुम बहादुरलाई माहासमिति सदस्य र माहाधिवेशन प्रतिनिधिहरूले यस भित्र कयौ अनुतरित प्रश्नहरू खडा भएका छन तर केहि छैन कांग्रेसले बिश्वास गरेर खुम बहादुर बिजय भएका हुन।खुम बहादुरको पकड अझै पनि राम्रो रहेछ भन्ने कुरामा दुई मत नै भएन।खुम बहादुरले भ्रष्ट्राचार गरेको हुन या फसाईएको हो भन्ने कुरामा इतिहास साक्षी छ। केन्द्रिय सदस्यमा प्राय पुरानै अनुहार हरू नै छन।निष्टाका राजनिति गर्ने रामनाथ अधिकारी जस्ता नेतालाई हराई दिए।निष्टाको राजनिति गर्नेलाई कांग्रेसीहरूले नै स्थान दिन सकेन।पार्टी सभापति शेर बहादुर देउवाको अथक प्रयास पछि सभापति बन्ने अबसर पाउनु भएको छ यो अबसरलाई पक्कै पनि सहि तवरबाट सदुपयोग गर्ने कुरामा आशाबादी छु।यदि शेर बहादुर देउवाले रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउने माहौल सृजना गरी दिएमा सुनमा सुगन्ध हुनुको साथै नेपाली कांग्रेस पार्टी भित्र यो गुट उपगुट भन्ने प्रथा हट्ने थियो की हैन भने उही पुरानो भुतले नै पार्टीलाई जकड्याई रहने छ।त्यसैले यस्ता कुराको लागि शेर बहादुर देउवा लगाएत सम्पूर्ण केन्द्रिय कमिटीका पदाधिकारीहरू एक जुट हुन जरूरी देख्दछु।हामी कार्यकर्ता भनेकै आशाबादी त हुने हो नी।पार्टीका नेतृत्वले राम्रो काम गर्न सकेको खण्डमा कार्यकर्ताको छात्ति पनि गौरवले फुल्छ।

नेपाली कांग्रेसको १३ औं माहाधिवेशनमा भाग लिनका लागि नेपाली कांग्रेस बिदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अन्तर्गतका १४ वटा देशका प्रतिनिधीहरू माहासमिति सदस्य र माहाधिवेशन प्रतिनिधी चयन भएर गएका थिए।सबै जना आ-आफ्नै पैसामा टिकट काटेर भाग लिन पुगेका थिए।आजको मिति सम्म करिव ३१ बटा राष्ट्रमा जनसम्पर्क समिति स्थापना भए पनि ५०० जना कृयाशील सदस्यता पुराउन नसकेका समितिहरूले भाग लिन पाएनन्।नेपाली कांग्रेसको लागि आर्थिक र नैतिक समर्थनका लागि बिदेशी भूमिमा कार्यरत रहेर पनि पार्टी प्रतिको आस्थालाई सजीवता दिदै आआफ्नो स्थानबाट सहयोग गर्दै आएको जनसम्पर्क समितिहरूलाई यो १३औं माहाधिवेशनले पनि न्याय दिन सकेन किनकी केन्द्रिय समितिमा जनसम्पर्क समितिहरूका लागि पनि १/२ बटा सदस्य पदको लागि स्थान दिन सक्नु पर्थ्यो पार्टीले तर यस्तो हुन सकेन अझै पनि शेर बहादुर देउवाले केन्द्रिय सदस्य मनोनीत गर्नेमा बिदेश स्थित जनसम्पर्क समितिहरूलाई स्थान दिए अझै राम्रो हुनुको साथै बिदेशमा रहेका कांग्रेसीहरूलाई पनि सहज हुने थियो।

यदि पार्टीको बिधानमा यस्तो ब्यबस्था छैन भने पनि यसलाई संशोधन गरेर अगाडी बढाउनु पर्दछ।पार्टीले नेपाली जनसम्पर्क समितिहरूलाई उचित मुल्याङ्कनका साथ प्राथमिकता दिन सकेको खण्डमा आउँदा दिनहरूमा जसरी गैर आवासीय नेपाली संघ ७१ वटा राष्ट्रमा स्थापना भएको छ त्यसरी नै गैर आवासीय नेपालीहरू रहेका देशहरूमा राष्ट्रियता ,लोकतन्त्र र समाजबाद प्रति आस्था राख्नेहरूलाई एउटै रूखको छहारी मुनी केन्द्रित गरी आउँदा माहाधिवेशनहरूमा निर्णायक भूमिका बहन गर्न सक्ने बनाउन सकिन्छ।

पार्टीका नेतृत्व पंक्तिले यस्ता कार्यहरूका लागि कहिले पनि आफ्नो जिम्मेवारीबाट टाढा राख्नु हुदैन।पार्टीले बिदेशीएको यूवाहरूको सुनिश्चित भबिष्यका लागि परिकल्पना गरेर निती,नियमहरू तयार गर्न सक्नु पर्छ।कांग्रेसले सके सम्म यूवाहरूलाई देशमा नै रोजगारका लागि प्रमुख भुमिका निवारण गर्न सक्यो भने कांग्रेस जनता मुखी हुनेछ भने जनता पनि कांग्रेस मुखि हुने छ यो संबन्धलाई कसैले पनि टुटाउन सक्ने छैन।देशकै पुरानो संस्थापन पार्टीको भविष्यलाई सुनौलो दिशा तिर उन्मुख गराउनुमा तपाई हामी सबैको जिम्मेवारी गहन रहने छ।हामीले नै कांग्रेस पार्टीलाई बचाउने हो कांग्रेस रहे मात्र हामी कांग्रेसी रहने छौ त्यसैले नेतृत्वमा बसेकाहरूले कुनै पनि काम गर्दा सयौ पटक सोचेर मात्र काम गर्दा राम्रो हुनेछ।पार्टीले राष्ट्रबादलाई भुल्नु हुदैन भने नेता कार्यकर्ता राष्ट्रबादी हुनु पर्दछ जनतालाई बिश्वास दिलाएर जनताको मन मस्तिष्कमा छाउँन सक्नु पर्दछ।बीपीको समाजबादलाई अहिलेको माहौल अनुसार चलाउन सक्नु पर्दछ।यदि यी सबै कुराहरू कांग्रेस पार्टीले लागु गर्न सकेको खण्डमा पार्टीको भविष्य सुनिश्चित हुने छ।
जय नेपाल।
संस्थापक सचिव
कर्ण बहादुर अधिकारी
नेपाली जनसम्पर्क समिति मकाउ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१