वेवसाइट ह्याक गर्ने पौडेल पक्राउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार १४:१९
काठमाडौँ । बिभिन्न सरकारी तथा गैरसरकारी कार्यालयहरुका वेवसाइट ह्याक गर्ने काठमाडौं नागार्जुन नगरपालिका  बालाजु हाईट बस्ने तनहुँ बन्दीपुरका १८ बर्षीय बिकास पौडेललाई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेबाट चैत ७ गते महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।
पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध बिकास संस्थान, नेपाल दुरसंस्थानका केहि प्रयोगकर्ताहरुको विवरण एवं बिभिन्न शैक्षिक संस्थाहरु लगायत करिव २०० वटा वेवसाईटहरु ह्याक गरेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, मंसिर ५, २०८१