काठमाडौं । जग्गाको कमिसन नदिएको निहुँमा आफ्नै साथीलाई अपहरण गरी डेढ लाख फिरौती असुल्दा एक युवकलामई ९ वर्ष जेल सजाय भएको छ ।

पाँच वर्षअघि अपहरणको घटनामा आफ्नो साथीलाई बन्धक बनाउने सिन्धुपाल्चोक ठूलो धादिङका कर्णबहादुर लामालाई अदालतले ९ वर्ष कैद र ५० हजार जरिवाना सुनाएको छ ।

फरार रहदै आएको लामालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले उनलाई काठमाडौं नारायणटारबाट पक्राउ गरेको हो । लामा सोमबार नै जेल चलान भएका छन् । फैसला कार्यान्वयनका लागि ब्युरोले सोमबार जिल्ला अदालतमा पेस गरेकोमा अदालतको आदेशबाट लामालाई केन्द्रीय कारागार चलान गरिएको हो ।

जग्गा बेचेको कमिसन नदिएको भन्दै उनले शिवबहादुर खड्कालाई २६ बैशाख ०६७ माअपहरण गरेका थिए । १३ दिनसम्म बन्धक बनाएपछि खड्काका परिवारसँग डेढलाख रुपैयाँ लिएर छाडिदिएका थिए । -नयाँ पत्रिका दैनिक