काठमाडौँ । हाल अमेरीकको विभिन्न स्थानमा तिलक कट्टेलको स्वर रहेको कॉहा कॉहा मायालुलाई ….गीतको छॉयाकन गरिएको छ। निर्देशक रूपेश उप्रेती ,छायाँकन योगेन्द्र थापा,निर्माता हेम विश्व ,मेकप संन्जु लामा,मोडल पंन्च र कल्पना रहेको निर्देशक रुपेश उप्रेतीले बताएका छन। एकदमै मेहनतका साथ काम सम्पन्न भएको र सबै टिमलाई उप्रेतीले धन्यबाद समेत दिएका छन् । १५ साल नेपाली चलचित्रमा काम गरेको रूपेशले झन्डै १५० म्युजिक भिडियो निदर्शन गरे भने ५० भन्दा माथी आफैले अभिनय पनी गरिसकेका छन् । नृत्य निर्देशकको रूपमा प्रवेश गरेका उप्रेतीले २ वटा चलचित्रमा निदेशन गरे भने अबको केही दिनहरुमा अमेरीकामै बसेर नेपाली कलाकारीता लाई अझ बढी फराकीलो बनाई काम गर्न र नेपाली दाजुभाई दिदीबहिनीहरु जोअमेरिकामा बसोबास गरिरहेका छन् उनीहरुलाई नेपालीपन दिनको लागि अमेरिकामा ठुलो सांगीतिक साझ पनि छिट्टै गरिने उप्रेतीले राष्ट्रिय खबर डटकमलाई बताएका छन् ।
प्रतिक्रिया