बलिउड अभिनेत्री रानी मुखर्जी ३९ वर्षमा टेकेको खुलासा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० चैत्र २०७२, बुधबार ०६:०८

रानी मुखर्जीबलिउडमा ९० को दशकमा आएकी बलिउड अभिनेत्री रानी मुखर्जी आजबाट ३९ वर्षमा टेकेकी छन्।रानी कोलकाताको एक बंगाली परिवार २१ मार्च, १९७८ मा जन्मिएकी थिइन्। उनका बाबु राम मुखर्जी बंगाली तथा हिन्दी फिल्म निर्देशक हुन भने उनकी आमा कृष्ना मुखर्जी कुने समयकी प्रशिद्द पार्श्व गायिका हुन्। उनी सन् २००५ मा बलिउडकी सर्वाधिक शक्तिशालीको सूचिमा आटाउने एक मात्र महिला बनेकी थिइन्।

रानी सन् २००४ देखी २००६ सम्म लगातार सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जित्ने एकमात्र महिला अभिनेत्री हुन्। फिल्म परिवारबाट हुँदाहूवदै पनि रानीका लागि फिल्मसम्म आइपुग्न सजिलो भएन्।रानी सन् १९९६ मा आफ्नो बाबुको फिल्म ‘बियेर पूल’मा सानि भूमिका निर्वाह गर्दै सुरू गरेकी थिइन्। त्यसको एकवर्षपछि उनी ‘राजाकी आएगी बारात’ फिल्मबाट पहिलोपल्ट फिल्मकी मुख्य अभिनेत्री बनिन्।

उक्त फिल्मले रानीलाई खासै ठूलो सफलता दिलाएन्। सन् १९९८ मा आमिर खानसँग जोडी बाँधेको फिल्म ‘गुलाम’ले रानीलाई बलिउडमा चिनाउने काम गर्‍यो। रानीको मध्यम कदकाठी र ‘हस्की’ स्वरका कारण उनको फिल्म करियरलाई थुप्रैले संशयको दृष्टिकोणले हेर्ने गर्थे। स्वर राम्रो नभएके कारण ‘गुलाम’मा रानीको स्वर प्रयोग गरिएन्। फिल्म रानीको स्वर एक डबिङ आर्टिस्टले दिएकी हुन्। त्यसपछिका फिल्ममा भने रानीले आफ्नै आवाजमा अभिनय गरिन्।

सोही वर्ष आएको शाहरूख खान तथा काजोलको फिल्म ‘कुछ कुछ होता हें’बाट रानीले आफ्नो अभिनयका लागि फिल्मफेयरमा सर्वोत्कृष्ट सह-अभिनेत्रीको अवार्ड जितेकी थिइन्। रानीले सन् २००० मा कमल हसनको तमिल र हिन्दी भाषामा बनाईएको ‘हे राम’मा काम गरिन्। फिल्म भारतबाट ओस्कारका लागि छानिएको थियो।

अभिनयका कारण दर्शकको मनमा छाउँदै गएकी रानीका लागि सन् २००४ भने विशेष हुन पुग्यो। सो वर्षबाट उनले लगातार एकपछि अर्को गर्दै सफल फिल्म दिइन्। यो सूचिमा युवा, हम तुम, वीर जारा, ब्ल्याक, बन्टी और बब्ली, कभी अलबिदा ना कहेना जस्ता फिल्म पर्छन्।

बलिउडमा झण्डै तीन दशक सक्रिय रहेकी रानीले सन् २०१४ मा फिल्म निर्माता एवम् निर्देशक आदित्य चोपडासँग विहे गरिन। गत वर्ष रानी ‘आदिरा’ नामकी छोरीको आमा पनि बनिन्। आमा बन्नु अघि उनले खेलेको ‘मर्दानी’ फिल्म खेलेकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१