दुनियाको सबैभन्दा ठूलो हवाइजहाज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७२, मंगलवार १७:४०
Undated handout photo issued by Hybrid Air Vehicles (HAV) of the Airlander 10 - part plane, part airship and part helicopter - in all its 302ft (92m) long glory in a First World War aircraft hangar in Bedfordshire. PRESS ASSOCIATION Photo. Issue date: Saturday March 19, 2016. British firm HAV has designed the huge aircraft to stay airborne for up to three weeks. See PA story AIR Airlander. Photo credit should read: Hybrid Air Vehicles Ltd/PA Wire NOTE TO EDITORS: This handout photo may only be used in for editorial reporting purposes for the contemporaneous illustration of events, things or the people in the image or facts mentioned in the caption. Reuse of the picture may require further permission from the copyright holder.३०२ फिट लामो एयरल्याण्डर १० जहाज विश्वमा अहिले उडानमा रहेको सबैभन्दा लामो जहाज भन्दा ६० फिट लामो छ । यो जहाजको उचाई ८५ फिट अर्थात् २६ मिटर रहेको छ । बेलायती कम्पनी हाइबि्रड एयर भेइकल्सले निर्माण गरेको यो जहाज आकाशमा लगातार ३ हप्तासम्म उडिरहन सक्छ र १ सय ४८ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

विश्वमा अहिलेसम्मकै सबैभन्दा ठूलो आकारको भनिएको जहाज एयरल्याण्डर १० का तस्वीर सार्वजनिक गरिएको छ । आधिकारिक रुपमा जहाजको अनावरण तथा यसको परीक्षण उडानको पूर्वसन्ध्यामा यो भिमकाय जहाजका तस्वीरहरु सार्वजनिक भएका हुन् ।

बेलायतको बेडफोर्डशायरस्थित प्रथम विश्वयुद्धकालको विमानशालामा राखिएको यो विमान आधिकारिक रुपमा सोमबार अनावरण गरिनेछ । आगामी केही दिनभित्रमा यसले परीक्षण उडान गर्नेछ ।

झण्डै ३ अर्ब रुपैयाँको लागतमा बनेको यो जहाजको अर्को मुख्य विशेषता भनेको गोलीले प्वाल पारेको अवस्थामा समेत यो विमान उडान भर्न सक्छ ।

Undated handout photo issued by Hybrid Air Vehicles (HAV) of the mission module fitting to the Airlander 10 - part plane, part airship and part helicopter - in all its 302ft (92m) long glory in a First World War aircraft hangar in Bedfordshire. PRESS ASSOCIATION Photo. Issue date: Saturday March 19, 2016. British firm HAV has designed the huge aircraft to stay airborne for up to three weeks. See PA story AIR Airlander. Photo credit should read: Hybrid Air Vehicles Ltd/PA Wire NOTE TO EDITORS: This handout photo may only be used in for editorial reporting purposes for the contemporaneous illustration of events, things or the people in the image or facts mentioned in the caption. Reuse of the picture may require further permission from the copyright holder.

सुरुमा अमेरिकी सेनाको अनुरोधमा कम्पनीले यो जहाजको निर्माण सुरु गरेको थियो । तर आर्थिक कारणले अमेरिकी सेनाले सो जहाज खरीद गर्न असमर्थता जनाएपछि कम्पनीले यो जहाजको अधिकार फिर्ता लिएर आफ्नै स्वामित्वमा तयार गरेको हो ।

यो जहाजलाई उडान र अवतरणका लागि अन्य विमानलाई जस्तै लामो रनवे आवश्यक पर्दैन । यो हेलिकप्टरझैँ सिधै एकै ठाउँबाट उडान तथा अवतरण गर्न सक्छ । यो जहाज मरुभूमि, हिउँ तथा पानीको सतहमा समेत तैरिएर अवतरण गर्नसक्ने बताइएको छ ।

सन् २०१८ सम्म व्यवसायिक उडानका लागि १२ वटा यस्ता अन्य जहाज निर्माण गर्ने योजना कम्पनीको रहेको छ । यो विमानमा ४८ जना यात्रु अटाउँदछन् । यो विमान हवाइ जहाज, रकेट तथा हेलिकप्टरको ठिमाहा जस्तै छ ।

big aeroplane (3)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१