किन हुन्छ गर्भावस्थामा सिटामोल खतरनाक ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७२, मंगलवार ०९:५७
प्यारासिटामोलगर्भावस्थाका बेला सानोतिनो दुखाइमा प्यारासिटामोलको उपयोग गर्दा यसले भविष्यको सन्तानमा असर पार्न सक्छ । अर्थात्, यसले गर्भवती महिलाको हुने सन्तान वा आउने पिँढीको प्रजनन क्षमता कम हुँदै जान्छ ।
साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । बेलायतको एडिनबरा युनिभर्सिटीका अनुसन्धाताहरूले मुसामा यसको परीक्षण गरेका हुन् ।
परीक्षणमा के पाइयो भने, एउटा मुसालाई गर्भको स्थितिमा सामान्य दुखाइनाशक दिइयो अनि उसको सन्तानमा अण्डाणुको संख्या कम पाइयो ।
यस्तो खाले असर भाले सन्तानमा समेत देखियो । उनीहरूसँग त्यो कोषिकाको कमी थियो, जसले भविष्यमा शुक्रकीटको संख्या बढाउन सकोस् । जब कि वयस्क हुँदासम्म उनीहरूको प्रजनन प्रणाली सामान्य भयो ।
वर्तमान परिणामअनुसार, अनुसन्धाताहरूले गर्भवतीहरूले अत्यावश्यक भए मात्र केही समयको लागि थोरै मात्रामा दुखाइनाशक औषधि लिनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज १७, २०८१