नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादीलाई मृत्युदण्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ चैत्र २०७२, मंगलवार ०५:१५
पाकिस्तानमा नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादीलाई मृत्युदण्डको सजाय, सोना शेर्पासहित नौ जना विदेशीको हत्या गर्ने इर्फान उल्लाहलाई फाँसी दिइनेPakistan
 
काठमाडौँ । नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहलाई मृत्युदण्ड दिने निर्णयमा पाकिस्तानी सेनापतिले हस्ताक्षर गरेका छन् ।
 
पाकिस्तानी सेनापति राहिल सरिफले १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार इर्फानसहितका आतंकवादीलाई सेनाको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।
 
नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको २०१३ जुन २२ मा नङ्गा पर्वतमा हत्या भएको थियो । सोनाले २००९ मा पनि नङगा पर्वतको आरोहण गरेका थिए । तर, २०१३ मा चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला आतंकवादीबाट मारिए । अन्य ८ जना नेपाली शेर्पा भने बाँच्न सफल भएका थिए । नङ्गा विश्वकै ९ औं अग्लो हिमाल हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१