मुलुकले काँचुली फेरिसक्यो : शान्ति मन्त्रि एकनाथ ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७२, सोमबार २१:१८

eknath काठमाडौं । नेपाल सरकारका शान्ति तथा पुनर्निर्माण मन्त्रि एकनाथ ढकालले संबिधान निर्माण संगै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको सस्थागत विकास भएकोले मुलुकले काँचुली फेरिसकेकोले अब मुलुकबासीका सोच र चिन्तन पनि रुपान्तरित हुनु पर्ने बताउनु भएको छ । मन्त्रि ढकालले अबको दसक सामाजिक -आर्थिक रुपान्तरणको हुने भन्दै शान्ति, विकास र सामाजिक एकीकरण मैत्री शासन प्रणाली विकासको लागि मद्दत गर्न स्थानीय शान्ति समितिलाई आग्रह समेत गरेका छन। काठमाडौँ शान्ति समिति द्वारा आयोजित संक्रमणकालिन न्याय र द्धन्द ब्यबस्थापन सम्बन्धि गोष्ठीको उद्घाटन गर्दै मन्त्रि ढकालले बिस्तृत शान्ति सम्झौताको मर्म अनुसारनै शान्ति प्रकृया सार्थक निस्कर्षमा पुग्ने भन्दै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारियका व्यक्तिको छानबिन आयोगको काम अति महत्वपुर्ण हुने बताउनु भयो ।ek1 मन्त्रि ढकालले एक आमाले आफ्नो शिशुको अनुहार हेरेर प्रशब बेदना बिर्सियझैँ नयाँ संबिधान हेरेर आ-आफ्ना बेदना बिर्सन र नया नेपाल निर्माणमा लाग्न सबैमा अपिल गर्नु भयो । मन्त्रि ढकालले द्वन्द ब्यबस्थापनको मन्त्र “क्षमा, प्रेम र मेलमिलाप” हो भन्दै एक- आपसमा मिलेर बस्ने र मिलेरै देश विकास गर्ने प्रण गर्नु आबस्यक रहेको बताउनु भयो । स्थानीय शान्ति समितिका पदाधिकारीहरु सम्मिलित कार्यक्रमको अध्यक्षता तेज बहादुर गुरुङले गर्नु भएको थियो भने काठमाडौँका प्रमुख जिल्ला अधिकारी राम कृष्ण सुबेदी, संक्रमणकालिन न्यायका विशेषज्ञहरु, शान्ति मन्त्रीका बैदेशिक तथा शान्ति मामिला सल्लाहकार सन्तोष पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।ekn

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१