पोखरा । चलचित्र विकास बोर्डबाट निर्माण इजाजत नलिइ फिल्म छायांकन भैरहेको अभियोगमा प्रहरीले फिल्म यूनिटलाई पक्राउ गरेपछि छायाँकन रोकिएको छ ।
वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले निर्देशक गिरी, नायिका पनेरुसहित उनकी आमा सुनिता पनेरु, फिल्मका प्रोपाइटर म्यानेजर गोपाल कुइँकेल, सहनिर्देशक सुदीप कुँवर, प्राविधिक हरिभक्त श्रेष्ठ, अछामका सुरेन्द्र बुढा, चितवनका शिवशरण न्यौपाने रकंचनपुरका ओकेश पनेरुलाई पक्राउ गरेको थियो । साथै उक्त टोलीले फिल्म यूनिटका सम्पूर्ण छायाँंकन सामग्री नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया