प्रधानमन्त्री केपी ओलीको खोक्रो राष्ट्रबादले पाईलट बिजय लामालाई चोट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७२, सोमबार १९:४८

karnaनेपाली आकाशमा बिगत लामो समय देखि नेपाली ध्वजा बाहक बिमान त्यो पनि राष्ट्रकै स्वामित्वमा रहेको बिमान उडाउदै आएका पाईलट बिजय लामाको भाबुक फेसबुक स्टाटसले यो मनलाई स्तव्ध बनायो।जसरी उहाँको स्टाटस आयो आखिर बास्तबिक रूपमा भन्दा देश र जनता प्रति उतरदायित्व बहन गर्न सक्ने कुनै नेता भेटिएन।यसरी स्टाटस राखेर गौरबले नेपाली हुँ भन्ने भावना बोकेका नेपाली नागरीकलाई एक चोटी घचघच्याउनु भएकोमा बिजय लामा प्रति आभारी छु।
प्रसंग प्रधान मन्त्री केपी ओली चीन भ्रमण जाँदा नेपाली ध्वजा बाहक सरकारको स्वामित्वमा रहेको नेपाल एअर लाईन्सको बिमान प्रयोग नगरी हिमालयन एअर लाईन्सको बिमान चढी चीन प्रस्तान गर्दाको अबस्थामा पाईलट बिजय लामाले निकै नै भाबुक बनी अन्तर आत्मा देखि उब्जाएर कोर्नु भएको शब्दले नेपालको राजनिति माहौल र नेताको चरित्रका बारेमा चित्रण गर्न खोज्नु भएको छ।
पाईलट बिजय लामा जस्तै करोडौ नेपालीले नेपालका नेताहरूका बारेमा नबुझेका होईनन् तर बाध्यता भनौ या बिबस्ता हामी निरीह बनी हेर्नु बाहेक केहि छैन।भन्ने बेलामा मुखले राष्ट्रबाद भन्ने तर गर्ने बेलामा राष्ट्र घात गर्ने राष्ट्र घाती नेतृत्व छन।देश र जनताका हितका लागि सोचेर अगाडी बढ्ने कोहि भेटिएन।प्रधान मन्त्री केपी ओली जम्वो टोली सहित एक साताका लागि चीन भ्रमण जाँदा नेपाली ध्वजा बाहक बिमान प्रयोग नगरी नीजी कम्पनीको हिमालयन एअर लाईन्सको बिमान चढेर केपी ओलीले आफ्नो राष्ट्रबादमा नै प्रश्न बाचक चिन्ह खडा गरेका छन्।प्रधान मन्त्री ज्यू के हो त राष्ट्रबाद? हामी जस्तो नबुझेका नेपालीहरूलाई बुझाई दिनु हुन्छकी?
यस घटनाले राष्ट्रको सम्मानित क्षेत्रमा कार्यरत रहेका ब्यक्ति बिजय लामा मात्र होईन करोडौ साधरण नेपाली नागरीकलाई पनि चोट पुगेको छ।आखिर प्रधानमन्त्रीले राष्ट्रको ध्वाजा बाहक बिमान प्रयोग गर्दा के नै फरक पर्थ्यो र ? के प्रधान मन्त्रीलाई नेपालको बिमान र नेपाली पाईलट माथि बिश्वास भएन र ?यस्ता अनेकौ प्रश्नहरू हरेक नेपालीको मन भित्र उब्जिएका छन।
सेमिनार,गोष्ठी,सभा सम्मेलनमा खुवै राष्ट्रबाद हुँ भन्ने प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको समयमा गरीएको दश बुदेमा इन्धन परेन। चीन जानु अगाडी शुष्मा स्वराजसंगको भेट पछि राता रात इन्धन सम्झौता नगर्नेमा पुगे।आखिर भारतले केपी ओलीको खोक्रो राष्ट्रबादलाई घुडा टेकाई छोडे।यस घुडा टेकाउने कार्यमा प्रमुख भूमिका निवारण गर्ने शुष्मा स्वराजलाई पनि मान्नै पर्छ भाई बनाई बनाई तह लगाएरै छाडे।यो त एउटा उदाहरण मात्र हुन यस्ता कमी कम्जोरी त कति छन कति नेताहरूमा तर के गर्ने नेपाली जनताले नै बिश्वास गराएर चुनेर भोट दिएर देशको लागि केहि गर्छ की भन्ने आशाले देश हाक्न दियो तर आशाको ठाउमा निराशा सृजित गराई दिन्छन।
बिजय सर तपाई जस्तो देशको एउटा असल ब्यक्तित्वले निराश भएर यस्तो देशमा के बस्नु भन्ने स्टाटसले हामीलाई पनि गम्भिर बनायो।तपाई त नेपालमा हुनु हुन्छ तर हामीहरू सात समुन्द्र पारी बिदेशी भूमिमा कार्यरत छौ।तपाईको मनको कुरा हामीले गहन रूपमा बुझेका छौ।अबस्यनै आउँदा दिनहरूमा राष्ट्रको कुनै पनि माथिल्लो तहमा रहेका ब्यक्तित्वहरूले राष्ट्रको पहिचान बोकेको राष्ट्रको ध्वजा बाहक नेपाल एअरलाईन्स नै प्रयोग गर्ने चेतना जागुन भन्ने कामना गर्दछु।
धन्यबाद।
कर्ण बहादुर अधिकारी हाल मकाउ,चीन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१