१९ वर्षे यवक र ३८ वर्षे महिलाबिचको एक अपत्यारिलो प्रेम कहानी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ चैत्र २०७२, सोमबार १२:५७

amazing coupleएजेन्सी ।  बेलायती एक महिलाको प्रेम कहानी सुन्दा तपाईँ दंग पर्नुहोला । जमैकाको एक अपरिचित किशोरसँग स्काईपमार्फत कसरी प्रेममा परिन् र अन्ततः कसरी १९ वर्षे जमैकन किशोर र ३८ वर्षे महिलाबिच विवाह सम्पन्न भयो ।

प्रसंग हो, बेलायती ३८ वर्षे महिला अंगराद लोभरिङको जसले आफ्नो छोरो समानको एक किशोरसँग विहे गरिन् । र अहिले यो जोडी बेलायतमा बस्दैआएको छ । जब की, अंगरादकी छोरी नै १५ वर्षकी छिन् ।अंगराद र लोरिकको यो जोडीलाई हेरेर धेरै दंग पर्छन् । धेरैले भन्छन्, उनीहरु साँच्चिकै आमा छोरा हुन् । साथै कसैले अत लोरिक बुलकलाई अंंगरादकी १५ वर्षे छोरी डेइजीका प्रेमी हुन् की भनेर पनि सोध्छन् ।तर, यी १९ वर्षे किशोर तिनै ३८ वर्षे अंगरादका श्रीमान हुन् । जो स्काईपबाट भेटिएका थिए ।

खासमा ३ वर्षअघि बेलायतमा रहेकी अङ्गराद र जमैकन किशोर लोरिक बुलकबिच केही महिनाको स्काईप च्याटपछि प्रेम बस्यो । र अन्ततः उनीहरुको प्रेम विहेमा रुपान्तरण भएको हो । त्यसो त, लोरिकसँग विहे गर्नकै लागि अंगरादले ३ हजार पाउण्ड स्टर्लिङ खर्च गरिन् । लोरिकसँग प्रेममा परेपछि अंगराद बेलायत फर्किसकेकी थिइन् । त्यसपछि लोरिकलाई बेलायत बोलाउन उनले यसरी रकम खर्च गर्नुपरेको थियो । लोरिकको भिसा रकम समेत उनैले खर्च गरेकी थिइन् ।

यसरी भयो भेटघाट
अंगरादका पूर्व श्रीमान जमैकन थिए । जहाँ अंगरादका सासू–ससूराहरु बस्दै आएका छन् । त्यस्तैमा, अंगरादले आफ्नी छोरी डेइजीलाई सन् २०१२ मा जमैका पु¥याइन् । किनकी, त्यहाँ डेइजीले बुवाहजुरबा–आमालाई भेट्न चाहन्थिन् । जमैका बसाइको बेला अंगराले जमैकामा केही युवाहरुलाई इन्टरनेटमा भेटिन् । तिनै मध्ये एक थिए लोरिक बुलक । क्रमशः लोरिकसँग ब्ल्याकबेरी म्यासेन्जरमार्फत च्याट र कुराकानी गर्न थालिन् उनले । ‘लोरिक फोटोहरुमा अति नै सानो देखिन्थ्यो । उ साँच्चिकै १२ वर्षेजस्तो देखिन्थ्यो ।’ उनी भन्छिन्, ‘उ साँच्चिकै बच्चा जस्तो देखिन्थ्यो । तै पनि हामीले च्याटिङ जारी राख्यौँ ।’ केही साताको बसाईपछि अंगराद यूके फर्किन् । र उनीहरु स्काईपमा च्याट गरिराखे । उनीहरु एकआपसमा भ्वाईस म्यासेज पठाइराख्थे । ६ महिनापछि तीन साताको बसाईका लागि अंगराद फेरि जमैका गइन् । सो क्रममा लोरिकसँग वास्तविक भेट भयो ।

उनी भन्छिन्,‘म निकै आत्तिएको थिएँ उसलाई भेट्नका लगि । अन्ततः लोरिकसँग लगभग ३ साता सँगै बिताएँ । निकै रोमान्चक थियो त्यो क्षण । त्यही क्रममा लोरिकले पनि मलाई प्रेम गर्छु भन्यो ।’ अंगरादले थपिन्, ‘जब म घर फर्किएँ म त प्रेग्नेन्ट भइसकेछु भन्ने थाहा पाएँ । र लोरिकले पनि त्यही बेला विहेको प्रस्ताव राख्यो ।’
लोरिकले उनलाई टेक्स म्यासेजमार्फत विहेको प्रस्ताव राखेको थियो । यसको केही महिनापछि लोरिकलाई यूके ल्याउनका लागि अंगरादले ऋण लिइन, ३ हजार पाउण्ड स्टर्लिङ । पछि लोरिकलाई बेलायत लगिन् उनै अंगरादले । र अहिले उनीहरु सँगै बस्दआएका छन् । उनै लोरिकको तर्फबाट अंगरादले एक छोरा जन्माइसकेकी छिन्, टेरेस । अंगराद भन्छिन्, ‘लोरिकको अनुहार बच्चा जस्तो देखेर धेरैले मेरो १५ वर्षे छोरीलाई लोरिक उनको प्रेमी हो ? भनेर सोध्छन् । तर, छोरीले भन्छिन्, होइन मेरो स्टेप फादर ।’

त्यसो त, अंगरादका केही थोरै साथीहरु मात्रै आफ्नो दायरामा छन् । र उनी आफ्नो परिवार र विहेको बारेमा कसले के सोच्छ वा भन्छ भन्ने कुरा खासै चासो नराख्ने बताउँछिन् । अनौठो के भने, धेरैजसो लोरिकलाई देख्नेहरु डेइजीका प्रेमी भनेर झुक्किन्छन् रे । तर, खासमा उनी त डेइजीकी आमा अंगरादका श्रीमान हुन् । अंगराद भने आफ्ना नयाँ श्रीमान लोरिकलाई आफूले ट्विटरबाट भेटेको भन्न कुनै हिचकिचाहट नभएको पनि बताउँछिन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक ८, २०८१