टानलाई १५ करोड निकासा हुनु पर्नेमा २ करोड मात्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ चैत्र २०७२, आईतवार २०:५५

१३ सय भन्दा बढी सदस्य कम्पनीहरुको संलग्नता रहेको एक मात्र छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल  (TAAN) र यसले यस संगठनमा आबद्ध एजेन्सिज र देशका लागि गरिरहेको योगदानका बारेमा सायदै कोहि अनभिज्ञ नहोलान । तर यस संगठन भित्रका समस्याका बारेमा बुझिदिने नियमनकारी निकायले देखाएको उदासिनता र त्यसले पर्यटन- पदयात्रको क्षेत्रमा पुर्याएको असरका बारेमा भने धेरैलाई थाह नभएको हुन सक्छ । राष्ट्रिय खबर डटकमका लागि रमेश संग्रौलाले गरेको कुराकानी

 के हो TAAN ?taan

प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावारणको संरक्षरण र सम्बर्ध्दन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार एवं प्रवर्ध्दन गरी अन्तराष्ट्रिय रुपमा नेपाललाइ एक आकर्षक र भरपर्दो पर्यटन स्थलको रूपमा विकसित गरेर राष्ट्रिय उत्पादन, विदेशी मुद्रा आर्जन र रोजगारिका अवसरहरुको सृर्जनामा अधिकतम बृध्दि गर्न यस संस्थाले महत्वपुर्ण भूमिका खेलेको र संस्थासंग आवध्द सम्पूर्ण ट्रेकिंग एजेन्सिज र समग्र पद्यात्रा र पर्यटन व्यवसायमा विगत लामो समय देखि काम गर्दै आएको झन्डै १३ सय जति ट्रेकिंग एजेन्सि हरुको छाता संस्था नै TAAN हो ।  TAAN को वर्तमान गतिविधि (२ करोड रुपैया निकाशा, झन्डै १५ करोड निकाशा हुन बाँकी) केहि महिना अघि मात्र TAAN को अध्यक्ष पदको जिम्मेवारी सम्हालेका चन्द्र रिजालका अनुसार पदयात्रा पर्यटन व्यवसायमा देखिएका समस्यहरुको समाधान गरी यसलाई अझ मर्यादित, सुरक्षित र भरपर्दो व्यवसायका रुपमा विस्तार गर्नको निमित्त प्रधान मन्त्रि के पी शर्मा ओली समक्ष ३७ बुँदे माग पत्र बुझाइएको तर सुनुवाइमा ढिलासुस्ती भएको गुनासो गरेका छन्।  chandra rijal

पाइको कार्यकाल सुरु भए यता वर्तमानमा TAAN ले के कस्ता गतिविधि गरिरहेको छ भन्ने प्रश्नमा अध्यक्ष रिजाले भने “ अब यो पदयात्रा व्यवसायमा लामो समयदेखि हामीले काम गर्दै आउँदा देखीएका समस्याहरुको समाधानको बाटोमा हाम्रो कार्य समिति अगाडी बढिरहेको स्थिति हो । हामीले चुनाव जितेर आइसके पछि हामीले घोषणा पत्रमा उठाएका मुध्दाहरु त्यसमापनि दुइवटा समुहको विचमा उठेका मुध्दालाई त्यो पर्यटन क्षेत्रकै मुध्दा हो भनेर संयुक्त रुपमा ३७ सुत्रीय मागहरु अगाडी बढाएका छौं । त्यो सरकारी निगमनकारी सबै निकायमा हामीले दिएका छौं र त्यसलाई कार्यान्वयन गराउन पनि फलो अप गरिरहेका छौं । ” नेपाल पर्यटन बिकासको लागि आफ्नो धारणा प्रस्तुत गर्दै हामीसंगको कुराकानीमा अध्यक्ष रिजालले अगाडी भने “भूकम्प पछि सुस्ताएको पर्यटन ब्यबसायलाइ सुद्रीढ गर्न,मजदुरका समस्या समाधान गर्न ,निषेधित क्षेत्रलाइ खुल्ला गर्न ,चिनिया नाकाहरुमा सहज प्रवेशको अभावमा पर्यटक भित्र्याउन पारेको असर कम गर्न हामी क्रियाशील छौं र मजदुरका लामो समयदेखि रोकिएको क्षेतिपूर्ति दिनुपर्ने कुराहरु, टिम्सको रकम रोकिएका कुराहरु महत्वपूर्ण भएकोले टुरिजम बोर्ड संग टिम्सको रकम ल्याउनाकालागी सहजीकरण गरी २ करोड निकासा गरेका छौं । ” चीनका नाकाहरुको समस्यालाई समाधान गर्न सके ठुलो संख्यामा भारतीय पद्यात्रिहरुलाई कैलाश लान सकिने र त्यसले भूकम्प पछिको सुस्ताएको पर्यटन ब्यबसायलाइ केहीमात्रामा भएपनि सुधार आउने रिजाले बताए । त्यसैगरी ब्यबसयिहरुसंग छलफलनै नगरिकन   एक्कासी ब्यबसायीहरुलाई भार पर्नेगरी , अन्तराष्ट्रिय पर्यटन बजारमा अबिश्वासनियता आउने गरी सरकारले आफ्नो राजस्व बृध्दि गर्ने नाउमा  राष्ट्रिय निकुन्जमा लिइने परमिट सुल्क बृध्दि  गरिएकोमा  समायोजन र पुनर विचार  आवस्यक रहेको र २० करोड भन्दा बढी लगानी गर्ने ब्यबसायी हरुलाई ५ बर्ष सम्म ७० प्रतिशत सम्म आयकरमा छुट दिनु पर्ने जसले गर्दा बिदेशी लगानी भित्र्याउनका साथै स्वदेशी लगानीकर्ताहरुलाई पनि उत्साहित गर्न सकिने र त्यसो गरेमात्र अन्तराष्ट्रिय पर्यटन प्रवर्धन हुने  भन्दै रिजालले  भने “अव TAAN ले विगतमा संस्थाले गरेका गल्ति कमजोरी हटाउँदै संस्थामा आवध्द  सम्पूर्ण एजेन्सिजका समस्या समाधानमा आफु संधै क्रियाशील रही  पदयात्रा पर्यटन विकाशमा सकेको योगदान गर्ने छु ।तान

NRN, संचार माध्यमहरु , नेपालका नियमनकारी निकायहरु र ब्यबसायिहरुको सामुहिक प्रयासमा अन्तराष्ट्रिय पर्यटन प्रवर्धन गर्न सकिने मान्यतालाई अगाडी सरेर काम गरिरहेकोले हामी TAAN मा आइसकेपछि केहि काम हरु गर्न सकिने वातावरण बनेको साथै नियमावलीहरू बनाउने काम ,टिम्सका रकमहरु आउने वातावरणको सुरुवात भएको तर यति भएपनि नेपालको प्रसासनिक संयन्त्र पुरानै स्थितिमा रहेको र गैर जिम्मेवर ढंगले चानले स्थिति बनेको हुनाले काम जति छिटो हुनु पर्ने हो त्यो नभएको र ब्यबसायी ब्यबसायिक नेताहरु  हरु आफ्नो ब्यबसाय गर्न पटि लग्नु पर्नेमा त्यसो गर्ने वातारण नभएको जसका कारण देशलेनै समग्र घाटा व्यहोर्न परिरहेको प्रति रिजालले  चिन्ता ब्यक्त गरे।   

पर्यटकहरु चोरिन्छन : लामा 

यस अघि नेपाल पर्यटन बोर्डवाट निकासा हुनु पर्ने रकम रोकिएकोमा अहिले निकाशा भएछनी भन्ने सन्दर्भमा TAAN कै महासचिव कर्ण लामा भन्छन  “करिव १५ करोड निकासा हुन  अझै बाँकी छ। ” अन्य समस्याका बारेमा जिज्ञासा राख्दा उनले भने “ पर्यटकहरुको स्वागत र रिसिभिंङका लागि हामी ब्यबसायीहरुलाई एरपोट  प्रवेशमा मूल गेट वाटै रोकीन्छ तर सोर्स फोर्सका  बलमा दलाली गर्नेहरुले पर्यटकहरुलाइ हामि सम्म आइपुग्नै दिंदैनन।  वीचमै दलाली हुन्छ। उनीहरु हामी वाट चोरिन्छन । ”  विगतमा झैं अहिले गेट पासको सहजता नभएको गुनासो गर्दै दलालि प्रवृतिको अन्त्य गरिनु पर्ने लामाले बताए । karna lama

पर्यटन विकास र यसमा देखिएका चुनौतीका बिषयमा ब्यबसायी र सरकार वीच विभिन्न स्तरीय छलफलका लागि सरकारसंग पटक पटक  आग्रह गर्दा पनि त्यस प्रति चासो नदेखिएको प्रति लामाले गुनासो पनि पोखे ।   

 

पर्यटन बोर्डका सिओसंग भेट्दा   ntb 

 नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको बैठकले TAAN बाट माग भए अनुसार बिगतमा भएको  हुदहुद अर्थात् हिमपहिरोमा परी ज्यान गुमाएकाहरुको परिवारलाई दिनु पर्ने क्षतिपुर्ती  ,टिम्स वितरण गर्ने काउन्टर हरुको भाडा र त्यहाँ काम गर्ने स्टाफहरुको लागि पेस्की स्वरूप रकम निकाशा भएको बोर्डका सिइयो दिपक राज जोशीले बताए । धेरै पहिले निकाशा हुनु पर्ने रकम विगतमा किन रोकियो भन्ने प्रश्नमा जोशीले आफु केहि महिना अघि मात्र यस पदमा रहेर काम गर्न थालेकोले  पुरानो पृष्ठभूमिका बारेमा आफुलाई धेरै थाहा नभएको तर अव के ले त्यो रोकिएको थियो त्यसका साथै सम्पूर्ण बिषयमा अध्यन गरीने र TAAN संगको सम्झौता अनुसारको रकम निकासा गर्ने कार्यलाई प्राथमिकतामा  राखेर यसलाई टुंग्याउने बताए ।  त्यसो भए अब निकट भविष्यमै त्यो बाँकी रकम निकासा हुन्छ हैन भनी सोधिएको प्रश्नमा उनले भने “मैले त्यो रोक्ने पनि हैन अथवा दिन्छु भनेर आफ्नो मूड़का भरमा दिने पनि हैन, त्यहाँ केले रोकिएको थियो भन्ने कुरा त पहिले टुंग्याउनु पर्योनि ! deepakपहिलेको सम्झौता अनुसार समस्या समाधानमा ब्यबधान भएमा नयाँ  MOU गरेर पनि अघि बढ्न सकिने धारण जोशीले राखे ।  गन्तव्यको र त्यहाँ प्रदान गरिने सेवाको  गुणस्तर बढाउने र भूकम्प पछि देखिएका समस्या समाधान र पर्यटन प्रवर्धनका लागि अब द्रुतगतिमा कार्य अगाडी बढाउनेमा आफु लाग्ने पनि जोशीले हामीसंगको कुराकानीको क्रममा थपे । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१